vm

सुनसरी फागुन २१ / नेकपा एमालेले संविधानको कार्यान्वयन र राष्ट्रिय एकता सुदृढिकरणका लागि भन्दै फागुन २२ गते विराटनगरमा तीन लाखको सहभागितामा वृहत जनसभाको तयारी पुरा भएको जनाएको छ ।
आमसभाबाट पूर्वाञ्चलमा सबै समूदायलाई संविधानको सन्देश दिने अन्तिम तयारी पुरा भएको नेकपा एमाले केन्द्रिय कमिटीका सचिव एव पुर्वाञ्चल संयोजक भिम आचार्यले बताए ।
पूर्वाञ्चल स्तरीय सभामा १६ वटै जिल्लाका नेकपा एमालेका नेता तथा कार्यकर्ताका साथै ३ लाख भन्दा बढी जनसमूदायको सहभागिता रहने वृहत प्रर्दशन रहने एमालले जनाएको छ ।
सभालाई नेपका एमालेका अध्यक्ष तथा प्रधानमंत्री केपी शर्मा ओली,पूर्व प्रधानमंत्री तथा वरिष्ठ नेता झलनाथ खनाल र माधव नेपाल, महासचिव इश्वर पोखरेल,आदिवासी, जनजाति, मधेशी, मुस्लिम लगायतका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको एमाले केन्द्रिय कमिटीका सचिव भिम आचार्यले बताएका छन् ।
नेकपा एमालेको तीन महिने देशव्यापी जनजागरण एवम् पार्टी सुदृढिकरण अभियानको समेत सोही दिन पूर्वाञ्चल क्षेत्रको समापन कार्यक्रम गर्ने तयारी गरेको छ ।
कार्यक्रममा पूर्व क्षेत्रका एमालेका पदाधिकारी नेता,केन्द्रिय सदस्यहरु,सांसदहरु,विभिन्न कमिटीका जनवर्गिय संगठनका नेता,पूर्व क्षेत्रका १६ वटै जिल्लाबाट २२ गते ३ लाख बढीको जनसहभागिता जुटाउन घरदैलो अभियान देखि सीर्जनात्मक र प्रचारात्मक अभियानमा तिव्र रुपमा लागेको सचिव आचार्यले बताए ।
सभाका लागी प्रसार प्रचार , मञ्च व्यवस्थापन , स्वयसेवक व्यश्थापन, जनपरिचालन, यातायात व्यवस्थापन लगायत माताहातका कमिटीको भेला बैठकको तयारी पुरा भएकाले पार्टीलाई सृजनात्मक र समयअनुकुल परिमार्जन गर्न कार्यकर्ताहरुलाई प्रशिक्षण र संविधानको अन्तरवस्तु प्रष्ट्याउनु सभामो मूल उद्येश्य रहने एमालेले जनाएको छ ।
एमालेले सुनसरी,मोरङ झापा टुक्रिन नदिने भन्दै चट्टानी अडान राखेपछि सीमाकंनको विषयमा प्रस्तावित, संविधानमा उल्लेखित १ नम्वर प्रदेशसँगै २ नम्वर प्रदेशमा रहेको सिरहा र सप्तरीका एमालेका नेता कार्यकर्तासँगै समर्थक शुभचिन्तक र स्थानीयहरुको समेत २२ गतेको सभामा सहभागिता रहने नेकपा एमाले सुनसरीका नेता पोष्टकुमार नेपालले जानकारी दिए ।

तपाईको प्रतिक्रिया