इनरुवा फागुन २१/ इनरुवा क्षेत्रमा बढेको चोरीका घटनामा संलग्नताको आशंकामा सुनसरी प्रहरीले ६ जनालाई नियन्त्रणमा लिई अनुसन्धान थालेको छ ।
इनरुवा बजार क्षेत्रमा चोरीका घटना बढ्न थालेपछि प्रहरीले घटनामा संलग्नताको आशंकामा स्थानीय केही युवाहरुलाई अनुसन्धानका लागि नियन्त्रणमा राखी छानविन प्रकृया अघि बढाएको छ ।
विगतमा चोरीका घटनामा संलग्न भएकाहरु प्रहरीको खोजीको सूचिमा परेका छन् । बजार क्षेत्रमा शंकास्पद गतिविधी गर्ने तथा रातको समयमा नशालु पदार्थ सेवन गर्ने, समूहमा शंकास्पद देखिनेहरु उपर सुनसरी प्रहरीले विशेष निगरानी बढाएको छ ।
प्रहरी प्रमुख पोषराज पोखरेलले पक्राउ परेकाहरुको घटनामा संलग्नता रहे नरहेको खुल्न बाँकी रहेकाले अनुसन्धान जारी रहेको बताए । उनले चोरी नियन्त्रणका लागि विशेष टोली परिचालन गरिएकाले चोर छिटै पक्राउ पर्ने बताए ।

तपाईको प्रतिक्रिया