२१ फागुन, काठमाडौं । प्रहरीले फोनमार्फत ज्यान मार्ने धम्की दिँदै रकम मागेको आरोपमा पर्साबाट एकजनालाई पक्राउ गरेको छ । वीरगंज उपमहानगरपालिका-१५ बस्ने सर्लाही बरहथवा-७ का १७ वर्षीय निखिल साह पक्राउ परेका हुन् ।
वीरगञ्जको अशोक इन्जिनियरिङ वर्कशपका सञ्चालकलार्इ धम्क्याएर ८० लाख रुपैयाँ मागेको आरोपमा साह पक्राउ परेको नेपाल प्रहरीले जनाएको छ ।उनले वर्कशप सञ्चालकलाई फोन तथा म्यासेज गरी गत फागुन १६ गते ८० लाख रूपैयाँ मागेका थिए ।

आफुले मागेको रकम नदिएमा ज्यान मार्ने धम्की दिएपछि  सञ्चालकले प्रहरीमा खबर गरेका थिए ।प्रहरीले साहलाई  वीरगंज उपमहानगरपालिका-६ स्थित ६ नम्बर गेट सडकबाट पक्राउ गरेको हो ।अनलाइनखबरबाट

तपाईको प्रतिक्रिया