sushma ko jawani

२२ फागुण, काठमाडौं । गायिका रमिला न्यौपाने नयाँ गीत लिएर आएकी छिन् । फसें नराम्ररी फसें शीर्षकको गीतमा उनले तरुनी भएर पनि प्रेम गर्न नपाएका किशोरीको पीडा ब्यक्त गरेकी छिन् । उनकै लय र शब्द रहेको गीतमा खुमन अधिकारीले स्वर दिएका छन् ।

फसें फसें नराम्ररी फसें
सधै भेटने चौतारीमा नभेट्म मैया
आज त्यहि हाम्रा बाउ गएर बसे

प्रेमी प्रेमीकाको भलाकुसारीमा बाबुहरु खलनायक बनेको प्रसंग छ गीतमा । सुस्मा कार्की र हर्के हल्दारको मुख्य भुमिका रहेको यस भिडियोमा सुस्माले आफु जवानीले उन्मुक्त भएको अभिनय गरेकी छिन् ।

अहिलेका दर्शकले हाँस्य गीत बढी मन पराएकाले हाँस्य शैलिकै गीत गाएको रमिलाको भनाई छ । हाँस्यमा ग्ल्यामर मिसाउन सुस्मालाई अभिनय गराएको बताइन् ।
तीज र लोकगीत गाउँदै आएकी रमिलाले यसअघि पनि हाँस्य गीत गाएकी थिईन् । अघिल्लो गीतलाई दर्शकले मन पराएकाले हाँस्यलाई नै नीरन्तरता दिएको उनको भनाई छ ।

susma ko jawani1

तिर्सना म्युजिकको प्रस्तुति स्वरुप बजारमा आएको यस भिडियोको निर्देशन शंकर बिसीले गरेका छन् ।

बुटवल, चितवन लागायतका शहरमा गीत गाएर मंगलवार काठमाडौ फर्किएकी रमिला बुधवार नै नवलपरासीको देबदहमा आयोजना हुने कार्यक्रममा जाने योजनामा छिन् । ‘प्राय हिउँद स्टेजमा गीत गाएर बित्छ ।’ अनलाइनखबरसंग कुरा गर्दै भनिन् ।

गीत र एल्बमवाट आम्दानी नभएपनि स्टेज कार्यक्रमले दैनिकी धान्न सहज भएको उनको भनाई छ । अघिल्ला वर्ष यो सिजनमा विभिन्न जिल्लामा हुने महोत्सब समापनको तयारीमा हुन्थ्यो । यसपाली भर्खर सुरु हुँदैछ । भारतले गरेको अघोषित नाकाबन्दीले महोत्सब भर्खर सुरु भएको बताउने रमिला बैशाखसम्म जिल्लामै ब्यस्त हुने योजनामा छिन् ।

तपाईको प्रतिक्रिया