DSC09190
अमर काफ्ले फागुन २३/सुनसरी प्रहरीले तरकारीको बोरामा लागुऔषध फेला पारेको छ ।लामो अनुसन्धान र विशेष सुराकीका आधारमा सुनसरी प्रहरीले तरकारीसँगै हुँदै आएको आगुऔषधको तस्करी फेला पार्न सफल भएको हो । इनरुवाबाट प्रहरीले आज साइकलमा लोड गरिएका तरकारीका बोराहरु चेकजाँच गर्ने क्रममा लागुऔषध ट्याबलेट र कोरेक्स फेला पारेको हो ।

DSC09187

भाण्टा हालिएको बोरामा लुकाएर राखिएका कोरेक्स १ सय ११ थान बोतल, स्पास्मो प्रोक्सोविन टयाब्लेट ५ सय २८ क्याप्सुल र ७ सय ४० क्याप्सुल नाइट्रोजन ट्याब्लेट प्रहरीले बरामद गरेको छ । सुनसरीको दक्षिणवर्ति गाविस कप्तानगंजबाट तरकारीको बोरामा लागुऔषध तस्करी गर्ने कार्यमा संलग्न कप्नानगंज ५ का ३० वर्षिय रामनारायण मेहता र कप्तानगंज ३ का १८ वर्षिय अनिलकुमार खत्वेलाई लागुऔषध सहित सुनसरी प्रहरीले नियन्त्रणमा लिएको छ ।

shot0002

पक्राउ परेका दुवैलाई इनरुवा ६ स्थित रहेको तरकारीको गुद्री बजारबाट प्रहरीले नियन्त्रणमा लिएको हो । सामान कस्को र कहाँ लैजान लागिएको बारे खुल्न नसकेकाले थप अनुसन्धान भैरहेको सुनसरीका प्रहरी प्रमुख पोषराज पोखरेलले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया