congress matadan२४ फागुण, काठमाडौँ ।नेपाली कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवा पार्टी सभापतिको चुनाव जितेका छन् तर सभापति भने बन्न पाएनन् । देउवालाई सभापति बन्नका लागि चाहिने भोटमा ११ भोट नपुगेपछि निर्वाचन दोस्रो चरणमा धकेलिएको छ । सभापति चयनका लागि अब दोस्रो चरणको निर्वाचन हुनेछ ।

सोमबार हुने दोस्रो चरणको चुनावमा देउवा र रामचन्द्र पौडेलबीच प्रतिस्पर्धा हुनेछ । आइतबार भएको मतदानमा ३ हजार १४८ मत खसेको थियो । कांग्रेसको विधानमा सभापति हुन १ हजार ५७५ मत चाहिन्थ्यो ।विधान अनुसार सभापति निर्वाचित हुन कुल मतसंख्याको ५० प्रतिशतभन्दा बढी मत ल्याउनुपर्छ ।

तर, देउवाले १ हजार ५६४ मत ल्याए भने उनका प्रतिद्वन्द्वी रामचन्द्र पौडेलले १ हजार १५४ मत ल्याए । अर्का उम्मेदवार कृष्ण सिटौलाले भने ३२४ मत मात्र ल्याएका छन् । दोस्रो चरणको चुनावमा भने देउवा र पौडेल मात्र भिड्ने छन् ।

 

तपाईको प्रतिक्रिया