२४ फागुन, विराटनगर । विराटनगरमा सञ्चालित मिनी क्यासिनोबाट प्रहरीले चार जनालाई पक्राउ गरेको छ । गएराति बिराटनगरको रत्न होटलको मिनि क्यासिनोबाट उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेहरुमा शिवराज राई, उमेश खड्गी, रबि कुमार गोदी,कटरीका रञ्जित रहेका छन् । अवैध रूपमा क्यासिनोमा खेल खेलेका कारणा उनीहरूलार्इ नियन्त्रणमा लिएको प्रहरी निरीक्षक किशोर लम्सालले जानकारी दिए । नेपालीलाई क्यासिनो प्रवेशमा रोक लगाइएको छ ।