२४ फागुण,इनरुवा। पुर्व पश्चिम राजमार्ग को तित्रिवनमा आज साझ ट्रिपर र टाटा सुमो एक आपसमा ठोकिएर दुर्घटना भएकोछ। को १ प ७४१४ नंबरको टाटा सुमो र ना ३ ख ३७२७ नंबरको ट्रिपर एक आपसमा ठोकिएर दुर्घटना भएको हो। दुर्घटनामा ट्रिपरका सह चालक राजाबाबु चौधरी घाइते भएका छन् भने सुमोका चालक फरार रहेको सुनसरी प्रहरीले जनाएकाे छ ।टाटा सुमो इनरुवाका पारस यादवको भएको खुल्नमा आएको छ।प्रहरीको जानकारि अनुसार टाटा सुमोमा सवार पारस यादव पनि घाइते भएका छन् ।