Wu-Chuntai

काठमाडौँ, २९ असोज / नेपाली काँग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री सुशील कोइराला र चिनियाँ राजदूत वु चुन्ताइबीच आज भेटवार्ता भयो । काँग्रेस नेता डा. शशांक कोइराला निवास महाराजगञ्जमा भएको उक्त भेटमा नेपाल र चीनबीचको सम्बन्ध र नेपालको विकासमा चीनले गरेको सहयोगका दुई पक्षबीच छलफल भएको थियो ।

भेटमा राजदूत वुले नेपालको संविधान निर्माणमा सभापति कोइरालाले निर्वाह गर्नुभएको नेतृत्वदायी भूमिकाको प्रशंसा गर्नुभएको सभापति कोइरालाका परराष्ट्र मामिला सहयोगी डा दिनेश भट्टराई राससलाई जानकारी दिनुभयो । राजदूत वुले नेपाल र चीनबीच रहँदैआएको सरकार, पार्टी र जनताबीचको सम्बन्धबारे चर्चा गर्दै भविष्यमा पनि यो सम्बन्धलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभएको थियो ।

डा भट्टराईका अनुसार सभापति कोइरालाले नेपालको विकासमा चीनको निरन्तर सहयोगको अपेक्षा गर्दै आफूहरु नेपालको एक चीन नीतिप्रति प्रतिबद्ध रहेको बताउनुभएको थियो ।साभार :पुर्वेलि न्युज

 

तपाईको प्रतिक्रिया