sher bahadur deuwa

२४ फागुन, काठमाडौं । नेपाली कांग्रेसको सभापतिमा शेरबहादुर देउवा विजयी भएका छन्। प्रतिद्वन्द्वी रामचन्द्र पौडेललाई पराजित गर्दै देउवा तेह्रौं राष्ट्रिय महाधिवेशनबाट सभापति निर्वाचित भएका हुन्।

जम्मा खसेको ३१४० मतमध्ये देउवाले १८२२ मत ल्याएर बिजयी भएका हुन् । पौडेलले १२९६ मत प्राप्त गरेका छन् । २२ मत बदर भएको थियो ।यसअघि सभापतिका तीन उम्मेदवारमध्ये देउवाले ५१ प्रतिशत मत प्राप्त गर्न नसकेपछि पुनः मतदान भएको थियो।

तपाईको प्रतिक्रिया