surya-grahan

२६ फागुण, काठमाडौं । आज बुधबार दिनभर नै खग्रास सूर्यग्रहण लाग्ने भएको छ ।यो ग्रहण नेपालमा भने बुधबार बिहान खण्डग्रासमात्रै देखिएर सकिएको छ ।

खगोलशास्त्रीका अनुसार इन्डोनेसियाबाट बलय सूर्यग्रहण भएको देखिन्छ भने अस्ट्रेलिया, न्युजिल्याण्ड, र मलेसियाबाट खण्डग्रास सूर्यग्रहण देखिने छ ।

नेपाल, भारत, पाकिस्तान आदि देशबाट भने बुधबार बिहान सूर्य उदाउँदा ग्रहण लागिरहेको देखिएको छ ।नेपालमा बिहान ६ बजेर १९ मिनेटबाट खण्डग्रास सूर्यग्रहण देखिएको थियो । साँझ ७ बजेर १ मिनेटमा खग्रास सूर्यग्रहण समाप्त हुनेछ ।

खगोलीय घटनाको यो दुर्लभ दृष्य ४९ मिनेटको हुने खगोल शास्त्रीहरुले जनाएका छन् । यो खग्रास सूर्यग्रहण ३२० वर्षपछिको पञ्चग्रही योगमा परेको जनाइएको छ ।

 

तपाईको प्रतिक्रिया