२६ फागुण, झापा । प्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेस पनि वर्तमान सरकारमै आउनुपर्ने बताएका छन् ।

जिविस झापाले आयोजना गरेको कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले कांग्रेस नेतृत्वमा सरकार गठन गर्ने बेला भैनसकेको बताउँदै वर्तमान सरकारमै सहभागि हुने निर्णय गर्न कांग्रेस सभापतिलाई आग्रह समेत गरेका छन् ।

प्रधानमन्त्री ओलीले १६ बुँदे सहमति अनुसार नै सहमतिय यात्रा अघि बढाउन आफु तयार रहेको पनि बताए । उनले संविवधान कार्यान्वयनका लागि पनि कांग्रेस वर्तमान सरकारमा सहभागि हुनुपर्ने बताए ।

ओलीले संविधानको सफल कार्यान्वयन र विकासलाई गति दिन पनि वर्तमान सरकारमा कांग्रेसको सहभागिता आवश्यक रहेको बताए ।

 

तपाईको प्रतिक्रिया