net surfing२७ फागुण ।यदि तपाईं आफ्नो स्मार्टफोनमा विकिपिडिया, ट्विटर तथा गुगल म्याप जस्ता वेबसाइटबाट केही जानकारी दिन चाहनुहुन्छ भने त्यसका लागि इन्टरनेट आवश्यक पर्छ ।तपाईंले सहि एप डाउनलोड गर्नुभएको छ भने विना डाटा पनि यी वेबसाइटबाट जानकारी लिन सक्नुहुन्छ । तर केही मेहनत भने गर्नु पर्छ। यसको लागि तपाईंले केको लागि कुन चिजको बारेमा जानकारी लिन चाहनुहुन्छ भन्ने बारे जान्न जरुरीछ ।

यदि टेक्नोलोजी सम्वन्धी समाचार पढ्ने हो भने गुगल प्ले स्टोरबाट फिडमी नामको आरएसएस फिडमा सबै प्राप्त गर्न सक्नु हुन्छ । एपको सेटिङमा गएर ‘फुल अफलाइन सिंक’ सेट गर्नु पर्छ ।त्यस पछि सबै टेक्स्ट र तस्बिर तपाईंले आफ्नो फोनमा अफलाइन हेर्न सक्नुहुनेछ । यसरी बिना इन्टरनेट कनेक्सन आरएसएस फिडबाट पढ्न सकिन्छ। तर ताजा खबर जान्नको लागि भने डाटा सर्भिस सुचारु गर्नु पर्ने हुन्छ।
एसएमएसमार्ट नामको यो एप गुगलको प्ले स्टोरबाट डाउनलोड गर्न सकिन्छ । त्यसपछि एसएमएस पाठाए पछि ताजा खबर तपाईंको इनवक्समा आउने छ । यसको माध्यमबाट सबै ताजा ट्विट समेत इन्वसक्समा हेर्न सकिन्छ ।
विकिपिडियामा अफलाइन पढ्नको लागि किविक्स नामको एप उपयोगि हुनेछ । यसले विकिपिडियालाई आवश्यकता अनुसार अफलाइन राख्नेगर्छ ।
गुगल म्यापको समेत अफलाइन प्रयोग गर्न सकिन्छ । तर यो एक महिनाको लागि मात्र हुन्छ । महिना दिन पछि म्यापको फेरी डाउनलोड गर्नु पर्ने हुन्छ ।

 

तपाईको प्रतिक्रिया