sekuwa-itahari yaundhanda

२८ फागुन, इटहरी । इटहरीको श्रेष्ठ होटल एण्ड सेकुवा कर्नरमा प्रहरीले छापा मारेको छ । इलाका प्रहरी कार्यालयका अनुसार इटहरी २६ मा रहेको उक्त होटलबाट संचालक सहित ४ जना युवतीलाई प्रहरीले पक्राउ गरेको जनाएको छ।

सेकुवा कर्नरमा यौन धन्दा हुने गरेको सुचनाको आधारमा छापा मार्दा बिहिबार संचालक ओमबहादुर श्रेष्ठ सहित४ जना युवती प्रक्राउ गरेको हो । प्रहरीका अनुसार संचालक श्रेष्ठले ती युवतीलाई यौन धन्दामा लगाउने उदेश्यले आफ्नो होटलमा राखेको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरुमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

 

तपाईको प्रतिक्रिया