slowly-being-stoneअमेरिकाको कोलोराडोका १० वर्षीय एक बालकको जिउ विस्तारै ढुंगा बनिरहेको छ । जिउ पत्थर बन्दै जाने यो दुर्लभ रोगबाट पीडित भएका बालक जेडेन रोजर हुन् ।

यो रोगले उनको मुहारको मुस्कान त खोसिसकेको छ, उनलाई विस्तारै मृत्युको मुखमा पनि पूराउँदैछ । विश्वमा अहिलेसम्म यस्तो रोग भएका मानिसहरुको संख्या जम्मा ४१ छ । जेडनको सरीरमा ३ वर्ष पहिले सानो दाग देखिएको थियो । उक्त दाग कडा बन्दै गएको थियो । अहिले त्यो सरीरभर फैलिन थालेको छ ।

जेडेनका बाबुआमाले छोराकेा उपचारका लागि धेरै अस्पताल धाएका छन् । डाक्टरहरुले उनलाई केमोथेरापीबाट उपचा गरिरहेका छन् जसका कारण उनको समस्या बढ्ने दरमा केही कमी आएको छ ।

बालकका पिता टिम रोजर्सका अनुसार जेडेनलाई हिँडडुल गर्न गाह्रो हुन्छ र कुनै ठाउँमा बाँधेर राखेझैँ अनुभुति हुन्छ । जिउका खुट्टा, पिठ्यू, गर्धन लगायतका ठाउँमा फैलिएका दागमा जिउ निकै कडा बनेर ढुंगाझैँ भैसकेको छ ।

स्टिफ स्किन सिन्ड्रोम भनिने यो रोगको हालसम्म उपचार पत्ता लागिसकेको छैन । यो रोगको उपचार पद्धतिको खोजी गर्न पुस्तकालयका सबै किताब पढ्दा पढ्दै आफु एक किसिमले थाकिसकेको कोलोराडोको बाल अस्पतालका डाक्टर बताउँछन् ।

 

तपाईको प्रतिक्रिया