suicide facebook

२८ फागुन, काठमाडौं। महानगरीय प्रहरी अपराध महाशाखाले फेसबुकमा स्टाटस लेखेर आत्महत्या गर्न लागेका एक युवालाई बचाएको छ ।आत्महत्याको नोट लेखेर फेसबुकमा पोस्ट गरेपछि आत्महत्या गर्न तयार भएका ति युवकलाई प्रहरीको टोलीले तत्कालै खटिएर बचाएको हो ।

फागुन २७ गते बिहीबार एक युवकले आत्महत्या नोट लेखी आफ्नो फेसबुकमा पोष्ट गरेका थिए । दक्षिण एसियाको फेसबुक नियन्त्रण गर्ने आयरल्याण्डले उक्त पोष्टपछि  गएराति १२ बजेर २३ मिनेटमा नेपाल प्रहरीलाई ईमर्जेन्सी एलर्ट गराई ज्यान रक्षाको लागि अनुरोध गर्‍यो ।

आयरल्याण्डबाट म्यासेज प्राप्त हुनासाथ महानगरीय अपराध महाशाखाका प्रहरी निरीक्षक पशुपतिकुमार रायको कमाण्डमा खटिएको प्रहरी टोलीले ईमर्जेन्सी रेस्पोन्स गरी तत्काल अनुसन्धान शुरु गर्‍यो ।

अनुसन्धानबाट आत्महत्या गर्न लागेको युवक जिल्ला झापा बस्ने र बिएमा अध्ययनरत रहेको पत्ता लाग्यो । उनलाई आवश्यक काउन्सिलिङ समेत प्रदान गरी दुर्घटना हुनबाट जोगाउन नेपाल प्रहरी सफल भयो ।

तपाईको प्रतिक्रिया