balatkar२८ फागुण, काठमाडौं । बैदेशिक रोजगारका सिलसिलामा कुवेत पुगेकी एक नेपाली महिलामाथि कम्पनीकै म्यानेजरले बलात्कार गरेका छन् ।

चितवन घर भएकी ती युवतीले इजिप्सियन म्यानेजरले आफूमाथि फागुन २१ गते जबरजस्ती कोठामा लगेर बलात्कार गरेको भन्दै स्थानीय प्रहरी कार्यलयमा उजुरी दर्ता गरेकी हुन् ।

कुवेतस्थित नेपाली दूतावासमा न्यायको लागि गएपछि दूतावासको सहयोगमा उजुरी दर्ता गरिएको हो ।

तारेक अलघानिम कम्पनीमा कार्यरत ती युवतीलाई दूतावासले आफ्नो संरक्षणमा राखेको छ ।

दूतावासले कम्पनीका अधिकारीलाई बोलाएर यसबारे पीडितलाई न्याय दिन सहयोग गर्न अनुरोध गरेको छ । प्रहरीले यसबारेमा अनुसन्धान गरिरहेको छ ।

 

तपाईको प्रतिक्रिया