maya-birthday-party

वाशिंगटन, महंगो बर्थ डे पार्टीका बारेमा तपाईले सोच्दा बढीमा ५, ७ लाख खर्च गर्ने कुरा सोचिन्छ होला । तर एकजना पिताले आफ्नी छोरीको बर्थ डेमा करोडौं खर्च गरेको सुन्दा पत्याउन गार्है पर्छ ।

अमेरिकाको टेक्सासमा भने एकजना पिताले आफ्नी छोरीको १५ औं जन्मदिनमा ६५ करोड नेपाली रुपैयाँ बराबर खर्च गरे । सेन एन्टोनियोमा एक कानुनी फर्मका मालिक थोमस हेनरीले आफ्नी छोरी मायाको १५ औं जन्मदिनमा ६० लाख डलर भन्दा बढी रुपैयाँ खर्च गरेका हुन ।

म्याक्सिकोबाट अमेरिका आएका हेनरीले यो अवसरलाई विशेष सामाजिक परम्परा बताएका छन् । छोरी १५ वर्ष पुगेपछि महिला पारिवारिक र सामाजिक जिम्मेवारी निर्वाह गर्न लायक हुने विश्वास गर्दै १५ औं जन्मदिन भव्यरुपमा मनाएको उनले बताए ।
पार्टीमा रैपर पिटबुल र निक जोन्सले पर्फम गरेका थिए । मायाले मेकअपका लागि चर्चित मोडेल किम करदाशियनको मेकअपम्यानलाई बोलाइन । पार्टीको तस्वीर पनि प्रथम महिला मिेशल ओबामाको फोटोग्राफरले लिएका थिए ।

“यो शानदार रातलाई म जीन्दगीभरी बिर्सिन सक्दिनँ ।” मायाले मिडियालाई भनिन् । थोमसले आफ्नी छोरीलाई संसारकै सबैभन्दा भाग्यमानी छोरी बताए । पार्टीमा ६ सय जना अतिथी आएका थिए भने ३० फिट भन्दा उच्चो चेरीका रुख सजाइएका थिए ।
त्यसो त संसारमा करोडौं त्यस्ता छोरीहरु पनि छन् जसको जन्मदिनमा उनका बुवा आमाले सामान्य चकलेटसम्म किन्ने हैसियत राख्दैनन।

तपाईको प्रतिक्रिया