naya-shakti-patrakar

२८ फागुन,  काठमाडौं। नयाँ शक्ति अभियानले ‘नेपाल प्रेस सोसाइटी’ नामक संस्था गठन गरेको छ ।  क्रियाशील पत्रकारहरुको एक राष्ट्रिय भेलाले बुधबार काठमाडौंमा रुद्र भट्टको संयोजकत्वमा १ सय ५१ सदस्यीय सोसाइटीको गठन गरेको हो ।

काठमाडौंको बबरमहलमा आयोजित भेलामा मुलुकभरका ५० भन्दा बढी जिल्लाका क्रियाशील पत्रकारहरुको उपस्थिति रहेको थियो । नवगठित प्रेस सोसाइटी नेपालको अन्तरिम केन्द्रीय परिषदमा अजय अनुरागी, अस्मिता खड्का, कुसुम भट्टराई, सुदर्शन खतिवडा, आरजु विस्ट सल्यानी, बिदुर खड्का, प्रल्हाद पोखरेल, आरके पटेल, छठु शाह, राजेन्द्र अधिकारी, अमृत सुवेदी, उज्वल पौडेल, गणेश चिन्तन, केशव अर्याल रहेका छन् ।

यसैगरी गीता मैनाली, रमेश पोखरेल, केशवराज थोकर, प्रशान्त लामिछाने, प्रमेश बर्तौला, पार्वती थापामगर, फणिन्द्र दाहाल, बबिता खनाल, बिदुर ढुंगेल, कनिकर कार्की, राजु लामिछाने, सन्तोष यादव, हरि पौडेल, कृष्ण घिमिरे, देवराज गुरुङ, रणबहादुर रम्तेल, टिका प्रधानलगायत रहेका छन् ।भेलामा ६ बुँदे काठमाडौं घोषणापत्र समेत जारी गरेको छ ।

तपाईको प्रतिक्रिया