priyanka-and-karisma

३० फागुण ।नायिका प्रियंका कार्कीले नेपाली चलचित्रका चर्चित नायिकाहरुले आफ्ना चर्चित चलचित्रमा लगाएको पहिरनलाई समेटेर ‘हाउ फन्नी’को एक गीतमा नृत्य गरेकी छिन् ।

‘शिरैमा सिरवन्दी’ बोलको गीतमा नायिका कार्कीलाई ३ चर्चित नायिकाको शैलीमा फिचरिङ गरिएको हो । ट्रेलरले युटुबमा राम्रो दर्शक बटुलेपछि यसको निर्माणपक्ष अहिले हौसिएको छ । बसन्त सापकाटाको संगीत र शब्द रहेको यो गीतमा मेलिना राइको स्वर छ ।

रेनशा वान्तवा राइको कोरियोग्राफी रहेको यो गीतमा नायिका कार्कीलाई पुराना हिट गीतमा देखिएका नायिकाहरुको शैलीमा उतारिएको हो । रेखा थापाले नृत्य गरेको ‘तिम्रो मन त चक्कु छुरी र तिर्खा लागे निरमाया’, करिश्मा मानन्धरले नृत्य गरेको ‘उडी उडी जान्छ’ र दीपाश्रीले नृत्य गरेको ‘गोली शिशाको’ पहिरनकै आधारमा यो गीतको भिडियो तयार पारिएको छ ।

निलु डोमा शेर्पाले निर्देशन गरेको र माल्भिका सुब्बा कार्यकारी निर्माता रहेको यो चलचित्र वैशाख १० गतेबाट प्रदर्शनमा आउँदैछ । चलचित्रमा दयाहाङ राई , प्रियंका कार्की , नीशा अधिकारी , केकी अधिकारी , अनुप बिक्रम शाही, विजय बराल , शिशिर राना लगायत मुख्य भूमिकामा देखिदैछन् ।

तपाईको प्रतिक्रिया