चन्द समूहमाथि घुँडा मुनी गोली हान्न निर्देशन

चन्द समूहमाथि घुँडा मुनी गोली हान्न निर्देशन
काठमाडौं / नेत्रविक्रम चन्द समूहका गतिविधि नियन्त्रण गर्न सुरक्षा व्यवस्था कडा बनाएको छ । केन्द्र र प्रदेशबाट थप सुरक्षाकर्मीसमेत खटाइएको छ । सुरक्षा निकायका अनुसार हिंसात्मक गतिविधि नियन्त्रण गर्न सरकारले तीन तरिकाले कारबाही गर्न निर्देशन दिएको छ । घुँडामुनी गोली हान्ने, नियन्त्रणमा लिएर सम्झाउने र गतिविधिका आधारमा कारबाही गर्ने । विस्फोट र आगजनीका घटना बढाएरका चन्द कार्यकर्ताले जनप्रतिनिधिलाई...

जकपुर–जयनगर रेल वैशाखबाट

जकपुर–जयनगर रेल वैशाखबाट
धनुषा / वैशाख अर्थात् नयाँ वर्षदेखि देशको एकमात्र रेल सेवा ‘जनकपुर–जयनगर रेल्वे’ सञ्चालन गर्ने तयारी थालिएको छ । रेल विभागका अनुसार रेल सञ्चालनको तयारीका लागि रेल सञ्चालनको विधि र कर्मचारी छनोट प्रक्रिया अगाडि बढिसकेको छ । पहिलो चरणमा जनकपुर–जयनगरमा रेल सञ्चालन तयारी गरेको विभागले प्रक्रियागत कामलाई पूर्णता दिँदै सञ्चालन कार्यविधि निर्माणको काम थालेको हो । त्यस्तै रेल्वे सञ्चालनका लागि आवश्यक क...

दश वर्षमा नौ लाख विद्यार्थी घटे

दश वर्षमा नौ लाख विद्यार्थी घटे
काठमाडौँ / वितेको १० वर्षमा नौ लाखभन्दा बढी विद्यार्थी विद्यालयबाट हराएका छन् । वि.सं. २०६६ मा कक्षा १ मा भर्ना भएका विद्यार्थीले यस वर्ष एसईई परीक्षा दिँदैछन् । २०६६ सालमा कक्षा १ मा १३ लाख ६२ हजार ९२० विद्यार्थी भर्ना भएका थिए । दश वर्षमा अर्थात् २०७५ सालमा कक्षा १० मा आइपुग्दा ती विद्यार्थीको सङ्ख्या चार लाख ५६ हजार ४७६ भएको छ । परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) का अनुसार यस वर्ष चार लाख...

७८ लाख घुस प्रकरणः कलेज सञ्चालक न्यौपाने फरार

७८ लाख घुस प्रकरणः कलेज सञ्चालक न्यौपाने फरार
काठमाडौँ / भक्तपुरको चाँगुनारायणस्थित नेपाल इन्जिनियरिङ कलेजका सञ्चालक लम्बोदर न्यौपाने अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई छलेर फरार भएका छन् । गत साता अख्तियारले अनुसन्धानको दायरामा रहेका तत्कालीन आयुक्त राजनारायण पाठकसहित आरोपित विदेश भाग्न सक्ने आशंकामा अध्यागमन विभाग र त्रिभुवन विमानस्थल प्रहरीलाई सतर्कता अपनाउन निर्देशन दिएको थियो । यो समाचार आजको मातृका दाहालले लेखेका छन् । कलेजको स्वामि...

ट्रम्पले विशेषाधिकार प्रयोग गर्दै, संकटकाल लगाएर भए पनि सीमामा पर्खाल निर्माण गरिछाड्ने

ट्रम्पले विशेषाधिकार प्रयोग गर्दै, संकटकाल लगाएर भए पनि सीमामा पर्खाल निर्माण गरिछाड्ने
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कंग्रेसको निर्णयविरुद्ध विशेषाधिकार (भिटो) प्रयोग गरेका छन्। संकटकाल लगाएर भए पनि सीमामा पर्खाल निर्माण गरिछाड्ने आफ्नो प्रस्ताव कंग्रेसले अस्वीकृत गरेपछि ट्रम्पले भिटो लगाएका हुन्। राष्ट्रपति ट्रम्पले आफ्नो कार्यकालमा पहिलोपटक भिटो प्रयोग गरेका हुन्। सन् २०१६ को राष्ट्रपति निर्वाचनमा ट्रम्पले बढ्दो आप्रवासी नियन्त्रण र लागूऔषधको तस्करी रोक्न मेक्सिको...

कम्प्युटर देख्नै नपाई कम्प्युटर विषयको परीक्षा

कम्प्युटर देख्नै नपाई कम्प्युटर विषयको परीक्षा
सल्यान / कुमाख गाउँपालिका–७ जिमालीस्थित बिर्केनेटी आधारभूत विद्यालयको कक्षा ८ का विद्यार्थी मीनराज चलाउनेले अहिलेसम्म कम्प्युटर देखेका छैनन् । तर, उनले दुईपटक कम्प्युटर विषयको वार्षिक परीक्षा दिइसकेका छन् । ‘खै ! कम्प्युटर कस्तो हुन्छ देखेको छैन,’ मीनराजले भने, ‘कम्प्युटर नदेखे पनि पास हुनलाई परीक्षा त दिनैपर्‍यो नि !’ उनले कक्षा ६ र ७ को वार्षिक परीक्षामा कम्प्युटर विषयको परीक्षा दिएका ...

चैत ४ गतेदेखि खुल्ला दुध बेच्न नपाईने, प्याकेजमा अनिवार्य स्टिकर हुनुपर्ने

चैत ४ गतेदेखि खुल्ला दुध बेच्न नपाईने, प्याकेजमा अनिवार्य स्टिकर हुनुपर्ने
काठमाडौं । लक्ष्मण पोखरेल र कृष्ण पोखरेलर, दूध तथा दुग्धजन्य पदार्थको स्वच्छता एवं गुणस्तर निर्देशिका अनुसार चैत ४ गतेदेखि प्याकेजिङ नगरिएको दूध बिक्री गर्न पाइने छैन। दुग्धजन्य पदार्थ बिक्रीका लागि प्याकेजमा लेबल अनिवार्य गरिएको छ। लेबलमा उद्योगको नाम, उत्पादन र उपभोग गर्न सकिने मिति, दूधमा रहेको चिल्लो पदार्थ स्पष्ट खुलाउनुपर्नेछ। तर, सरकारले जारी गरेको निर्देशिका कार्यान्वयनमा आउने सम्भावना ...

बन्दले कहिल्यै नछुने विद्यालय

बन्दले कहिल्यै नछुने विद्यालय
काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले गत बिहीबार बन्द आह्वान गर्‍यो। यसको प्रभाव मुलुकभरका विद्यालयमा पर्‍यो। झापाको भद्रपुर नगरपालिका–३ सानोगाउँस्थित मेची आधारभूत विद्यालयमा भने त्यस दिन पूरै पढाइ भयो।विद्यार्थी ४ बजे छुट्टी भएपछि घर फर्किए। विद्यालयमा बन्दकर्ता हौं भन्दै कोही पुगेनन्। शिक्षक र विद्यार्थीले धम्कीपूर्ण व्यवहार पनि खेप्न परेन। मेची नदीपारि भारतीय भूमि...

मन्त्रिपरिषद् पुनर्गठन हुँदै, को को हट्दैछन् , को को आउँदै छन् ?

मन्त्रिपरिषद् पुनर्गठन हुँदै, को को हट्दैछन् , को को आउँदै छन् ?
काठमाडौं । सरकारका अधिकांश मन्त्रीहरूको कार्यसम्पादन कमजोर भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठनको तयारी थालेका छन् । हालका मन्त्रीहरूबाट सरकारले लिएको आर्थिक समृद्धि र सुशासनको मार्गचित्रअनुसार काम गर्न नसकेको भन्दै उनले मन्त्रिमण्डल पुनर्गठनको गृहकार्यलाई तीव्रता दिएका हुन् । प्रधानमन्त्री ओलीकै निर्देशनअनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले केही समयदेखि मन्त्राल...

सात महिनामा ५ खर्ब १५ अर्ब ५५ करोड रुपैयाँ रेमिट्यान्स नेपाल भित्रियो

सात महिनामा ५ खर्ब १५ अर्ब ५५ करोड रुपैयाँ रेमिट्यान्स नेपाल भित्रियो
काठमाडौं । चालू आर्थिक वर्ष २०७५÷७६ को सात महिनामा ५ खर्ब १५ अर्ब ५५ करोड रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार, रेमिट्यान्स आप्रवाहमा २८ दशमलव ५ प्रतिशतले वृद्धि भएकोे छ । राष्ट्र बैंकका अनुसार गत आर्थिक वर्षको सोही अवधिमा रेमिट्यान्स आप्रवाह १ दशमलव ७ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह १६ प्रतिशतले वृद्धि भएको छ । गत आर्थिक वर्षमा यस्तो विप्रेषण आ...