unnamed8

धरान, १ कार्तिक – धरानमा नौराथा लागेसंगै विजयपुरमा रहेका मन्दिरहरुमा चहलपहल ह्वात्तै बढ्ने गरेकोछ । प्रत्येक बर्ष विजयादशमीको नौ रथा लाग्ने वित्तिकै युवायुवती, बुढापाका सबै दन्तकाली मन्दिरको दर्शनार्थ जाने गरेको पाइएको छ ।

यस बर्ष पनि धरान १४ विजयपुरस्थित दन्तकाली मन्दिरमा दर्शनार्थ जाने महिला, पुरुष, युवा, बुढापाकाको अत्यन्तै भीड लागेको छ । तर पछिल्लो समयमा बुढापाका भन्दा पनि युवायुवतीहरुको भीड अत्याधिक देख्न सकिन्छ ।नौरथाको महत्व मन्दिरका पूजारी, त्यहाका प्रवुद्ध व्यक्तिहरुलाई थाहा भएपनि त्यहा दर्शनार्थ जाने युवायुवतीलाई थाहा छैन, उनीहरु खाली मन्दिर घुम्ने ररमाइलाका लागि मात्र जाने गरेको पाइएको छ ।

उनीहरुले आफूहरुलाई नौरथाको महत्वका विषयमा थाहा नभएको बरु सबै आउदा मन्दिर रमाइलाका लागि
आउने गरेको बताएका छन् । दर्शनका लागि जाने भीडमध्ये ७० प्रतिशत युवा पुस्ताको हुने गरेको मन्दिरका पुजारीले समेत बताएका छन् ।

यस मन्दिरको विषयमा प्रायः युवा पुस्तालाई थाहा नभएकाले उनीहरुलाई यस विषयमा जानकारी गराउनुपर्ने आवश्यकता भएको धरान १४का स्थानीय बासिन्दा एवम् पिण्डेश्वर क्याम्पसका प्राध्यापक प्रा.डा भरत भट्राईले जानकारी दिनुभयो ।

उहाले पिण्डेश्वर मन्दिरको महिमाको विषयमा समेत जानकारी गराउनुभयो । युवायुवतीको भीड बढ्नुलाई सकारात्मक रुपमा लिनुपर्ने केही सर्वसाधारणको भनाई छ । युवापुस्तालाई दशै र यस मन्दिरको महिमाको विषयमा अझ जानकारी
गराउन सके यसको महत्व अझ बढ्ने बताउनुभयो ।

त्यहा जाने भक्तजनहरु दन्तकाली मन्दिरमात्र हैन विजयपुरमा रहेको बुढासुब्बा, पञ्चकन्या, पाथीभरा, पिण्डेश्वर मन्दिर समेत जाने गरेकोले अन्य मन्दिरमा समेत व्यापारीहरुले सुवर्ण अवसर प्राप्त गर्ने गरेका छन् ।पुर्वेलि न्युजबाट

तपाईको प्रतिक्रिया

trusted online casino malaysia