• धरान, ५ कार्तिक : दशैको टिकाको माहोलमा रमाउनुपर्ने समयमा धरान २३ पानमाराका गाउबासीको भने दशैको रौनक नै हराएको छ । स्थानीय १९ बर्षीय नविन पौडेलको गएराति १२ बजेको समयमा आफ्नै साथी भारतको कोलकत्ता घर भएका र विगत १० बर्षदेखि सोही स्थानमा सुकुम्बासीमा घर बनाई बस्दै आएका विकास रायले सामान्य विवादकै कारण कत्ति प्रहार गरी हत्या गरेपछि अहिले गाउँ नै शोकमग्न बनेको हो ।

हत्यापश्चात पूरै गाउ शोकमग्न त छदैछ, दशैमा रमाइलो गर्ने सोच बोकेका परिवारका आफन्तहरु आफूले नसोचेको बज्रपात भएको महसुस गरेका छन् । हत्यामा संलग्न विकास रायलाई प्रहरीले पक्राउ गरी आवश्यक अनुसन्धान गरिरहेको छ।
हत्या गरी फरार हुनलागेका रायलाई धरान प्रहरीले पक्राउ समेत गरेको छ । दशैको समयमा धरान उपमहानगरपालिकामा सुरक्षालाई मतबुत बनाउने हवला दिर्दै आएको धरान प्रहरीले उसले गरेको हवाला हवलामै सीमित भएको छ । प्रशासनले सुरक्षालाई मजबुत बनाएको भनेपनि मादक पदार्थ सेवन गरी होहल्ला गरेर हिड्नेको संख्यामा कुनै कमी भने आएको छैन ।
साविकको पाचकन्या गाविसका पूर्व अध्यक्ष रमेश बस्नेतले चाडवाडका समयमा यस्ता घट्नाले पश्रय पाउदै गरेको बताउनुभयो । उहाले यसभन्दा अगाडि २०५८ सालमा पनि दुई जनाको यस्तै प्रश्रयको हत्या भएको भन्दै अन्य समयमाभन्दा चाडपर्वका समयमा सुरक्षालाई मतबुत बनाउने आवश्यकता भइसकेको बताउनुभयो ।

यता इलाका प्रहरी कार्यालय धरानका प्रमुख डिएसपी सुदमकुमार सिजापतिले चाडपर्वको समयमा यस्ताघट्नामा बढावा हुने गरेपनि प्रहरीले सक्रियता बढाउदा बढाउदै पनि एकआद्य यस्ता घट्ना घट्ने गरेको बताउनुभयो । उहाले प्रहरीले सक्रियता बढाएकै कारण हत्यामा संलग्नलाई पक्राउ गर्न सफल भएको दाबी गर्नुभयो । पक्राउ परेका रायको सम्बन्धमा थप अनुसन्धान भइरहेको समेत उहाले जानकारी दिनुभयो ।पुर्वेलिन्युजबाटs-1

तपाईको प्रतिक्रिया

trusted online casino malaysia