गायक कृष्ण राईको  ‘जति टाढा’ बोलको नयाँ म्युजिक भिडियो भर्खरै सामाजिक संजालमा सार्बजनिक गरिएको छ। पि. एन. पि. मिडिया हाउस मार्फत सार्बजनिक उक्त भिडियोमा मोडल राम गौतमले आफ्नी प्रेमिका नुहाईरहेको दृश्यलाई सुटुक्क मोबाइल मा कैद गरेका छन्।

निर्देशनमा पनि छबि बनाइसकेका मोडल तथा निर्देशक मोडल राम गौतम र सोनीका कार्की अभिनित उक्त गीतमा डि. बि. तामांगको शब्द र गायक स्वयंकै संगीत रहेको छ।  ककनीको मनोरम स्थानहरुमा छायांकन गरिएको ‘दीपशिखा’ एल्बमको उक्त गीतमा सोनीका र रामको  हट रोमान्स हेर्न पाइनेछ। निर्देशक प्रेम शर्माको निर्देशन रहेको उक्त भिडियोका छायाँकार युबराज खत्री हुन्। ‘मिलन पछि’, ‘जे जे भयो’, ‘तिमीलाई बिर्सेर’ जस्ता चर्चित गीत गाएर श्रोता माझ छाएका गायक कृष्ण राई यो गीत बाट पनि धेरै आशावादी देखिएका छन्।

पुर्वेली न्युज

तपाईको प्रतिक्रिया

trusted online casino malaysia