कार्तिक ९
 मधेसी मोर्चा सप्तरीका कार्यकर्ताले आइतबार बिहान फर्सेठस्थित राजविराज–हनुमाननगर सडकखण्डमा दूधको गाडी तोडफोड गरेका छन् । दूध बोकेर पकरी गाविस गइरहेको मिलन डेरी उद्योग लेखिएको स.१च ७८० नम्बरको टाटा पिकअप भ्यानमा मोर्चाका प्रदर्शनकारीहरूले ढुङ्गा प्रहार गरेर अगाडिको सिसा फुटाएको चालक परशुराम यादवले जानकारी दिए ।
यसैगरी मोर्चाका कार्यकर्ताहरुले स्कर्टिङका लागि भारदहतर्फ गइरहेको अञ्चल सशस्त्र प्रहरी गुल्म राजविराजको वानटान गाडीमा ढुङ्गामुढा गरी फुटाएका छन् ।
राजविराज–हनुमाननगर सडकखण्डस्थित बमनगामा कट्टी गाविस–७ मन्सापुरमा लुकेर बसेका मोर्चाका कार्यकर्ताहरुले गएराति बा.१ग २२०१ नम्बरको वानटान गाडीमा ढुङ्गामुढा गरी फुटाएको प्रहरीले जनाएको छ ।
प्रदर्शनकारीहरुको ढुङ्गामुढाबाट वानटान गाडीको अगाडिको पुरै सिसा फुटेको र दायाँ भाग कुच्चिएर क्षतिग्रस्त बनेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । ढुङ्गामुढा गर्ने प्रदर्शनकारीहरुको खोजतलाश भइरहेको प्रहरीले जनाएको छ ।आवरबिराटनगरबाट

तपाईको प्रतिक्रिया

trusted online casino malaysia