सप्तरी, ९ कात्तिक । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको विभिन्न स्थानमा प्रहरीले राति स्कर्टिङ गरी लगिँदै गरेको दर्जनौँ सवारीसाधनमा तोडफोड गरिएको छ ।

राति प्रहरीले स्कर्टिङ गर्ने क्रममा आन्दोलनरत मधेसी मोर्चाले ढुङ्गामुढा गरी जिल्लाको भारदह, रुपनी, कञ्चनपुर बैर, बरमझियालगायतका स्थानमा दर्जनौँ सवारीसाधनमा तोडफोड गरेको प्रहरीले जनाएको छ ।

सडकको छेउ–छेउमा लुकेर बसेका प्रदर्शनकारीले सवारीसाधनमा ढुङ्गामुढा गरी क्षति पु¥याएको बताइएको छ । सवारीसाधनमा समान्य क्षति पुगेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

सप्तरी प्रशासनले राजमार्ग क्षेत्रलाई दङ्गाग्रस्त क्षेत्र घोषणा गरी दिनहँु सवारीसाधनलाई स्कर्टिङ गरी गन्तव्यमा पु¥याउने गरेको प्रहरीले जनाएको छ ।

सो क्रममा आज मात्रै सप्तरी प्रहरीले पूर्व र पश्चिम गरी ६०० भन्दा बढी सवारीसाधनलाई गन्तव्यमा पु¥याउन सफल भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नारायणप्रसाद चिमरियाले जानकारी दिनुभयो ।

यसैबीच, सप्तरी मोर्चाले दसैँभरि खुकुलो पारिएको बन्दलाई दसँै सकेपछि पुनः आन्दोलनलाई कडा पारिएको छ । सो गर्ने क्रममा सदरमुकाम राजविराजलगायत जिल्लाको विभिन्न स्थानमा प्रदर्शन गर्दै बजार, पसल यातायात, शिक्षण संस्था, उद्योगधन्दा, कलकारखानालगायत सबै ठप्प गरिएको बताइएको छ ।पुर्वेलिन्युजबाट

 

तपाईको प्रतिक्रिया

trusted online casino malaysia