Sanghiya-Gathabandan

५ जेठ, काठमाडौं । संघीय गठवन्धनले विभिन्न माग राखी सुरु गरेको आन्दोलनलाई निरन्तरता दिने निर्णैय गरेको छ । गठबन्धन संयुक्त आन्दोलन मूल परिचालन समितिको वैठकले थप जेठ ६ गते देखि १७ गतेसम्मको आन्दोलन कार्यक्रमसमेत तय गरेको छ ।

संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवको अध्यक्षतामा फोरम नेपालको केन्द्रीय पार्टी कार्यालय तीनकुनेमा बैठक बसेको थियो । वैठकले आफ्ना मुद्दाहरुलाई सम्बोधन नगरुन्जेलसम्म निरन्तर रुपमा आन्दोलन जारी राख्ने निर्णय गरको हो ।

घोषित आन्दोलनमा काठमाडौंका विभिन्न सडकमा जुलुस निकाल्ने कार्यक्रमलाई जोड दिइएको छ । जेठ १६ र १७ गते क्रमशः विरगञ्ज र पोखरामा आमसभा गरिने छ । जुलुस तथा सभाहरुका लागि गठवन्धनभित्र रहेका दलहरुलाई जिम्मेवारी बाँडफाँड गरिएको छ ।

आन्दोलन कहाँ कहिले ?

जेठ ६ गते 

कार्यक्रम स्थल- मंगलबजार दरबार, समय ४ बजे ।
जुलूसका निकाल्ने स्थान: लगनखेल ।

जेठ ७ गते

कार्यक्रम स्थल- नयाँ बानेश्वर, समय ४ बजे

जेठ ८ गते

कार्यक्रम स्थल- स्वयम्भू, समय ३ बजे ।
जुलूस निकाल्ने स्थान: सीतापाइला चोक

जेठ ९ गते

कार्यक्रम स्थल- चावहिल चोक, समय ४ बजे ।
जुलूस निकाल्ने स्थान: जोरपाटी र गौशाला

जेठ १० गते

कार्यक्रम स्थल- कीर्तिपुर-नयाँ बजार, समय ४ बजे
जुलूस निकाल्ने स्थान: टियु गेट

जेठ ११ गते

कार्यक्रम स्थल- भक्तपुर-न्यातपोल, समय ४ बजे ।
जुलूस निकाल्ने स्थान: भक्तपुर बसपार्क

जेठ १२ गते

कार्यक्रम स्थल- बालाजु वाइपास, समय ४ बजे ।
जुलूस निकाल्ने स्थान: बालाजु चोक, ३ बजे

जेठ १३ गते

कार्यक्रम स्थल- कलंकी चोक, समय ४ बजे ।
जुलूस निकाल्ने स्थान: सोल्टी मोड

जेठ १४ गते

कार्यक्रम स्थल- मध्यपुर ठिमी, समय ४ बजे ।
जुलूस निकाल्ने स्थान: शंखधर साख्वाः चोक

जेठ १५ गते

कार्यक्रम स्थल- बसन्तपुर- जुद्ध शालिक, समय ४ बजे ।
जुलूस निकाल्ने स्थल: असन र लगनटोल

जेठ १६ गते

वीरगञ्ज: र्‍याली एवं विरोध सभा
व्यवस्थापन: संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा

जेठ १७ गते

पोखरा: र्‍याली एवं विरोध सभा
व्यवस्थापन: तमुवान संयुक्त संघर्ष समिति

तपाईको प्रतिक्रिया

trusted online casino malaysia