rasifal
मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
अरूको भरपर्दा काम रोकिन सक्छ। हिम्मत गर्न नसक्दा योजना कार्यान्वयन नहुन सक्छ। कामको सन्दर्भमा शक्तिशाली व्यक्तिहरूसँग प्रतिस्पर्धा हुन सक्छ। विवेकले काम लिने प्रयत्न गर्नुहोला। वादविवादमा परिने योग भएकाले विचारलाई तौलेर मात्र व्यक्त गर्नुहोला। बुद्धिको उपयोगले धेरैलाई आफ्नो पक्षमा लिन सकिनेछ। धैर्यसाथ निरन्तरको प्रयत्नले काममा फाइदा हुनेछ।
बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
पारिवारिक जमघटमा मन रमाउनेछ। स्वादिष्ट भोजनको आनन्द समेत पाइएला। मेहनत गर्दा जीवन शैलीमा परिवर्तन ल्याउन सकिनेछ। आकर्षक उपहार हातलागी हुन सक्छ। कामबाट फुर्सद मिल्नेछ। विशिष्ट व्यक्तित्वसँगको भेटघाटले आत्मविश्वास बढाउनेछ। सहयोगीहरूले साथ दिनेछन्। रोकिएका काम सम्पादन हुनेछन्। दिगो आम्दानी हुने काम फेला पार्न सकिनेछ।
मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
छर–छिमेकमा असमझदारी बढ्ने समय भएकाले होसियारीसाथ काम लिनुहोला। फाइदाका पछि लाग्दा साथीभाइ टाढिन सक्छन्। अर्थअभाव खट्किनाले बनिसकेको काम बिग्रन सक्छ, सजग रहनुहोला। खर्च लागे पनि टाढाको यात्रा गर्ने प्रक्रिया अघि बढ्न सक्छ। दिगो फाइदा हुने काममा लगानी गर्ने अवसर जुट्न सक्छ। चुनौतीहरू पन्छाउँदै रोकिएका काम पनि बनाउन सकिनेछ।
कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
अवसर आए पनि मौकामा लाभ उठाउन नसकिएला। ठूलै प्रयत्न गर्दा सामान्य फाइदा हुनेछ। तर, आजको लाभांश सञ्चय नहुन सक्छ। सरसापटमा धन खर्च हुने समय छ। आम्दानी बिगार्नेहरू सक्रिय रहलान्। श्रमको उचित मूल्य नमिल्न सक्छ। सोचेभन्दा कमै फाइदा मिल्नेछ भने खर्चको मात्रा बढ्नेछ। परिस्थितिले निष्क्रिय बनाउन सक्छ। पछिका लागि लगानी गर्ने अवसर जुट्नेछ।
सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
उत्साहमा अलि कमी आउला। अरूको विश्वासमा पर्दा अन्त्यमा धोका हुन सक्छ। प्रयत्न गर्दा प्रतिष्ठित काम गर्ने मौका छ। अरूलाई प्रभावित पारेर काम बनाउने समय छ। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। सामाजिक कामको दायित्व बढ्नेछ। काममा मान्यजनको सहयोग प्राप्त हुनेछ। अनावश्यक खर्च भने बढ्न सक्छ। आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन्, सचेत रहनुहोला।
कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
धर्ममा श्रद्धा र परोपकारमा मन जानेछ। स्वास्थ्यमा भने कमजोरी अनुभव हुनेछ। सानातिना काममा अल्झनुपर्दा मुख्य काममा अवरोध हुन सक्छ। आशा देखाउनेहरूको भरपर्दा धोका हुन सक्छ। चुनौतीपूर्ण कामको दायित्व लिनाले धेरै परिश्रमपछि न्यून सफलता मिल्नेछ। सहयोगी जुटाउन नसकिएला। आँटेका काम पूरा नभए पनि आंशिक फाइदा हुनेछ, क्रियाशील रहनुहोला।
तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
आँटेको काम समयमा गर्न नसकिएला। अरूका काममा समय बित्न सक्छ। उपचारमा खर्च हुने योग छ। तापनि, प्रयत्न गर्दा केही काम बन्नेछन्। सहयोगीहरूले साथ दिनेछन् र आंशिक सफलता मिल्नेछ। आस मारेको काम बन्नाले उत्साह जाग्नेछ। धेरैलाई फाइदा हुने काम सम्पादन गर्न सकिनेछ। अस्वस्थताका बाबजुद जिम्मेवारी भने थपिनेछन्। व्यावसायमा खर्च बढ्नेछ।
बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
दिन मनोरञ्जनपूर्ण रहनेछ। व्यावसायिक यात्रा सम्भावना छ। आम्दानी प्रशस्तै बढ्नेछ। आतिथ्यपूर्ण सम्मान पाइएला। प्रेमको बन्धन कसिने बेला छ। दाम्पत्य जीवन सुखद तथा समृद्ध बन्ने देखिन्छ। हतियार तथा सवारी साधन उपयोग गर्दा अलि सावधानी अपनाउनुहोला। अलि बाध्यताका काममा जुट्नुपर्ला। केही विवादमा समेत परिने योग छ, सचेत रहनुहोला।
धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
अप्ठ्यारा परिस्थितिको सामना गर्नुपर्दा केही चुनौतीहरू पनि देखा पर्न सक्छन्। अधिकार सुरक्षा गर्न जुट्नुपर्नेछ। गरी आएका काम र व्यापार–व्यवसायमा राम्रो फाइदा उठाउन नसकिएला। आँटेका काममा बाधा पुर्याउनेहरू प्रशस्तै हुनेछन्। फजुल खर्च पनि बढ्नेछ। शत्रुहरू बढ्नाले समस्या थपिन सक्छन्। सहयोगका नाममा ठगीमा परिने योग भएकाले योजनाहरू गोप्य राख्नुहोला।
मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
ईर्ष्यालु मन भएकाहरूले सताउन सक्छन्। स्वास्थ्य पनि कमजोर बन्न सक्छ। आफ्नो मेहनतबाट अरूले फाइदा उठाउने कोसिस गर्नेछन्। कमजोर मानसिकताले पछि परिनेछ भने हिम्मत गर्दा पुरुषार्थी काम सम्पादन हुन सक्छ। समयको गतिलाई पछ्याउने प्रयत्न गर्नुहोला। बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ। लगनशीलताले राम्रै उपलब्धि दिलाउनेछ।
कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
बेसुरमा काम गर्ने बानीले मेहनत खेर जानेछ। पुरानो गतिले पनि काम बिग्रन सक्छ। पहिलेका सम्झौता तोड्नुपर्ने आवश्यकता पर्न सक्छ। अरूको भरपर्दा काम रोकिन सक्छ। दिगो योजनाका साथ अघि बढ्दा लाभ मिल्नेछ। अरूको व्यवहारले शंका उब्जाए पनि मान्यजनको सुझाव शिरोधार्य गर्दा फाइदा हुनेछ। कृषि, पशुधन र अचल सम्पत्तिको उपयोगबाट लाभ उठाउन सकिनेछ।
मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
पुरानो समस्याले केही झमेला आइलाग्ने सम्भावना छ। दाम्पत्यमा शंका र असमझदारी बढ्न सक्छ। कृषि तथा पशुपालनमा खर्च बढ्नेछ। परिस्थितिअनुसार चल्न नसक्ता दुःख पाइनेछ। सहयोगीहरूले पनि विपक्षीलाई साथ दिन सक्छन्। यसले अलि अप्ठ्यारोमा परिनेछ। आर्जित धन खर्च हुन सक्छ। काममा चुनौती देखिएलान्। आफ्नै प्रयासले काममा लाभ मिल्नेछ।-नेपालिपात्रो

तपाईको प्रतिक्रिया

trusted online casino malaysia