Koshi-Zonal-Hospital-Biratn

११ कात्तिक । मोरङका अस्पताल सञ्चालकले आवश्यक अनुरुप पेट्रोलियम पदार्थको सहज रुपमा उपलब्ध गराउन सरकारसँग माग गरेका छन् । पेट्रोलियम पदार्थ सहज रुपमा सरकारले उपलब्ध नगराए अस्पतालका अत्यावश्यक सेवा बन्द हुने स्थितिमा पुगेको अस्पताल सञ्चालकले बताएका छन् । पर्याप्त पेट्रोलियम पदार्थ र डिजेलको अभावमा विराटनगरका एक दर्जन अस्पतालका अत्यावश्यक सेवा प्रभावित भएपछि अस्पताल सञ्चालकले सरकारसँग त्यसको सहज रुपमा उपलब्ध गराउन माग गरेका हुन् ।

पेट्रोलियम पदार्थको अभावले अत्यावश्यक सेवा शल्यक्रिया, आइसियु, एनआइसियु, सिसियु, हेमोडायलसिस, एक्स–रे, भिडियो एक्स–रे, इसिजी, ल्याबलगायत सेवा प्रभावित भएको अस्पताल सञ्चालकले बताएका छन् । त्यसरी माग गर्ने अस्पताल सञ्चालकमा नोबेल अस्पताल विराटनगरका निर्देशक नारायण दाहाल, गोल्डेन अस्पतालका सञ्चालक सनातन मण्डल, विराटनगर–१४ स्थित न्युरो अस्पतालका कार्यकारी अधिकृत रञ्जितराज बस्नेतलगायत हुनुहुन्छ ।

त्यसैगरी दैनिक यातायात सञ्चालन हुन नसक्दा विराटनगर–१० स्थित कोसी अञ्चल अस्पतालमा अक्सिजन ग्यासको अभाव भएको छ । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट चिकित्सक रोशन पोखरेलले भन्नुभयो, “जिल्ला प्रशासन कार्यालय मोरङको सिफारिसबाट दिएको डिजेलले पुगिरहेको छ तर अक्सिजन ग्यासको अभाव खड्किएको छ ।” जिल्ला प्रशासन कार्यालय मोरङले अत्यावश्यक सेवाका लागि मात्रै डिजेल उपलब्ध गराउँदै आएको जनाएको छ । विराटनगरमा साना र ठूला गरेर झन्डै एक दर्जन अस्पताल सञ्चालनमा छन् ।पुर्वेलिन्युजबाट

तपाईको प्रतिक्रिया

trusted online casino malaysia