0751

तराई मधेशमा मनाइने जितिया पर्व आईतबारबाट सुरु भएको छ । निकै कडा र कठोर मानिने जितियाको व्रत तराई मधेशको विभिन्न समुदायले मान्दछन् । थारु र मधेशी समुदायले जितिया पर्व विशेष उल्लास र विधिविधानका साथ मनाउँछन् ।

सन्तानको दिर्घायुका लागि जितियामा अमाहरुले निर्जल व्रत बस्दछन् । यस व्रतलाई निकै कडा र कठोर मानिन्छ । आश्विन कृष्ण पक्षको अष्टमी तिथिका दिन जितियाको व्रत बस्ने गरिन्छ । यस वर्ष जितियाको व्रत सोमबार परेको छ । तर, जितिया पर्व भने आईतबार बाटै सुरु भइसकेको छ । जितियाका व्रतालुहरुले व्रत बस्नु एकदिन अगावै बिहान नुहाएर जितवाहनलाई तेल, खरी चढाउँछन् । केही समुदायले व्रतको दिन अर्थात अष्टमीको दिन तेल, खरी, सस्र्यू चढाउँछन् । व्रत बस्नु एक दिन अगाडि जितवाहनलाई दही, च्युरा पनि चढाइन्छ ।
व्रतालुहरुले व्रतको दिन बिहानै उठेर सामूहिक रुपमा नदी, पोखरी, खोलामा नुहाउँछन् । नुहाईसकेपछि केरा, काँक्रो, अँकुरी, अक्षत, पान, सुपारी, मखान, मधुरलगायतका सामानले जितवाहनको पुजा गरिन्छ । जितियाको व्रतमा जितवाहनको कथा सुन्नु पर्छ । राति जितवाहनको कथा सुन्ने गरिन्छ ।

अष्टमीमा गरिएको निर्जल व्रत नवमी तिथिका दिन मात्र टुँग्याइन्छ । नवमीको दिन बिहान उठेर फेरि बाँसको पातमाथि केराको पात राखी त्यसमा केरा, काँक्रो, अँकुरी, सुपारी, जनेउ लगायतका सामग्री राखेर पुजा गरी व्रत समापन गरिन्छ ।

आफ्ना सन्तान घरमै हुनेले जितवाहनको पहिलो प्रसाद आफ्नो सन्तानलाई दिन्छन् । घरमा सन्तान नहुनेले सुपारीलगायतका प्रसाद उनीहरुको लागि राखिदिन्छन् ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia