काठमाडौ । झण्डै –झण्डै करोडको बक्यौता भेट्ने एउटा बिल पुगेको छ, नारायणहिटीस्थित महेन्द्र मञ्जिलमा । तिर्ने कसले, पत्तो छैन । विगत तीन वर्षदेखि हरेक महिना मरेर नयाँ महिना पुग्ने त्यस्तो बिल यो महिना यस्तो बेला भेटियो कि, मामिला सुनेर पूर्वराज ज्ञानेन्द्र शाह तनावयुक्त भावमा ‘नन्सेन्स’ को टिप्पणी गर्दै थिए ।

पायल्सको समस्याले पुर्व मुमा बडामहारानी रत्नराज्यलाई एक्कासी साह्रै बनाए देखिको तनाव नेपाल बिद्युत प्रािधकरणको बिलको कुराले झन थप्दा ज्ञानेन्द्र तनावमा भएका हुन ।बिहीवार विहानै देखि आमाको स्वास्थ्यका कारण उत्पन्न तनाव हल भइरहेको थियो । तर महेन्द्र मञ्जिलमाप्रति नेपाल सरकारको रुखो व्यवहारले उनलाई क्रुद्ध बनाएको हो ।

दुई वर्षअघि ज्ञानेन्द्रका नीजि सचिव सागर तिम्सिना र रत्नका नीजि सचिव शम्भु अधिकारीले तत्कालीन मुख्यसचिव लीलामणि पौडेलसँग भेटेर महेन्द्र मञ्जिलमा प्रयोग हुने विजुलीको तार नारायणहिटी दरबार संग्रहालयबाट तानिएको र त्यसको बिल पनि उतै पठाउन अनुरोध गरेका थिए । आजको जनआस्थामा समाचार छ ।

 

तपाईको प्रतिक्रिया

trusted online casino malaysia