इलाम, १० असोज / सूचना प्रविधिको विकाससँगै सूचना प्रविधिका प्रयोगकर्ताको सङ्ख्यामा दिन प्रतिदिन बढ्दै गइरहेको छ । सहर बजारमा मात्र सीमित सूचनाका प्रविधि अहिले गाउँ गाउँमा हरेक व्यक्तिका हातमा पुगिसकेको छ । तर सूचनाको प्रविधि विस्तार हुने क्रम र प्रयोगकर्ता वृद्धि भइरहे पनि प्रयोगका बारेमा दक्ष जानकारीका साथै प्रविधिमा आउने समस्याको समाधान गर्ने उपाय नहुँदा प्रयोगकर्ता समस्यामा परिरहेका छन् ।

इन्टरनेटको विकास क्रमले फड्को मारिरहँदा यहाँ एडिएसएल, वाइ म्याक्स, स्काइ प्रो, हर्ट स्पोर्ट उपकरण जडान भएको छ । नेपाल टेलिकम अन्य संस्थासँग मिलेर इलामलाई सूचना प्रविधियुक्त बनाउनका लागि हरबखत प्रयास गरिरहेको छ ।

यहाँ हालै दुई दिनसम्म ५० जना प्रयोगकर्तालाई प्रविधिबारे जानकारी दिइएको मिलिस्टार इन्स्टिच्युटका व्यवस्थापक कुमार निरौलाले जानकारी दिनुभयो । नेपाल टेलिकम इलामको तथ्याङ्कानुसार जिल्लामा एडिएसएलका करिब छ सय, ल्यान्डलाइन फोनका चार हजार, वाई म्याक्सका अढाइ सय, स्काई प्रोका एक हजार दुई सय र हर्ट स्पोटका डेढ सय प्रयोगकर्ता छन् ।

@purbelinews.com

तपाईको प्रतिक्रिया

trusted online casino malaysia