vitamin-a

छ महिनादेखि पाँच वर्षसम्मका बालबालिकालाई सोमबार र मङ्गलबार (१६ र १७ गते) भिटामिन ‘ए’ क्याप्सुल खुवाइने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ७५ वटै जिल्लामा भिटामिन ‘ए’ र १ वर्षदेखि ५ वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाइने कार्यक्रम तय गरेको हो ।

मन्त्रालयको बाल स्वास्थ्य महाशाखाका अनुसार करिब २७ लाख बालबालिका र तीमध्ये करिब २३ लाख एक वर्षदेखि पाँच वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाउने लक्ष्य राखिएको छ । महाशाखाका निर्देशक डा कृष्णप्रसाद पौडेलले भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने अभियानका कारण हरेक वर्ष करिब १२ हजार बालबालिकालाई अकाल मृत्युबाट बच्न सहयोग पुग्दै आएको राष्ट्रसङ्घीय बालकोष (युनिसेफ)को अध्ययनले देखाएको छ ।

 

तपाईको प्रतिक्रिया

trusted online casino malaysia