श्रीनर (भारत), १८ असोज । भारत र पाकिस्तान सीमा क्षेत्रमा संदिग्ध विद्रोहीद्वारा काश्मिरमा तीनजना भारतीय सैनिकको गोली हानी हत्या गरेका छन् ।

map-india-430x336

भारत प्रशासित काश्मिरी क्षेत्रमा रातभरी गरिएको गोली प्रहारमा परी तीन भारतीय सेनाको मृत्यु भएको समाचारमा जनाइएको छ ।

भारतीय सेनाका एकजना प्रवक्ताले सोमबार सो जानकारी दिएको बताइएको छ ।  उत्तरपश्चिमी प्रमुख सहर श्रीनगरबाट १४० किलोमिटर टाढा पर्ने हफ्रुदा जङ्गलमा आफ्ना सहकर्मीहरुले ती तीन सैनिकको शव फेला पारेका जनाइएको छ ।

विद्रोहीले गरेको गोली प्रहारमा तीन सैनिकको मृत्यु भएको सैनिक प्रवक्ता एन.एन जोसीले एएफपी समाचार समितिलाई बताएका छन् ।

जोसीका अनुसार लोलाब मैदान नजिकैमा आतङ्ककारी र सेनाबीच भएको मुठभेडमा आतङ्ककारीहरु पनि मारिएका भारतीय सेनाले जनाएको छ ।

तर मारिने आतङ्ककारी के कतिजना छन् भन्ने बारेमा भने केही पनि खुलाइएको छैन । साभार : पुर्वेली न्युज

 

तपाईको प्रतिक्रिया

trusted online casino malaysia