आश्विन १०, २०७२- नयाँ संविधान निर्माणप्रति असन्तुष्टि जनाई भारतले गरेको अघोषित नाकाबन्दीको विरोध गर्दै आईतबार नेपालगनञ्जमा युवा तथा विद्यार्थीहरुले प्रदर्शन गरेका छन् ।

सामाजिक सन्जालमा सुरु भएको ‘ब्याकअफइन्डिया’ अभियानकै रुपमा कलेजका विद्यार्थीहरु सडकमा उत्रिएका हुन् । ‘आफ्नो देशको समस्या हामी आँफै समाधन गरौं, भारतीय हस्तक्षेपको विरोध गरौं’ नारासहित युवाहरुको जुलुसले नगर परिक्रमा गरेको थियो । प्रदर्शनमा कलेजका विद्यार्थीहरु पोशाकमै थिए । सुर्खेतरोड हुँदै विपीचोकमा पुगेर र्‍याली समापन भएको थियो ।

नेपाल र नेपालीको एकता, सार्वभौमसत्ता, अखण्डता र राष्ट्रियताका पक्षमा नारा लगाएका थिए । उनीहरुले चिन र भारतबीच भएको लिपुलेक सम्झौताको पनि विरोध गरेका थिए । प्रदर्शनमा विभिन्न विद्यार्थी संगठन, युवा, नगारिक समाजका अगुवा लगायतको सहभागिता थियो ।

युवाहरुले भारतद्वारा नेपालको राष्ट्रिय स्वाधिनतामाथिको ठाडो हस्तक्षेप, अन्तर्राष्ट्रिय पारवहन व्यापार सन्धी विपरित आर्थिक नाकाबन्दी, र लक्ष्मणपुर बाँध ताथ तटबन्धका कारण भएको डुबान समस्याको विरोध गरेका थिए । त्यस्तै, लिपलुके भारत–चीन ब्यापार सम्झौता तथा भारतले संविधानमा माग गरेका ७ बुँदे प्रस्तावको माग गर्दै नारा लगाएका थिए ।

@ekantipur

27092015125941Nepalgunj-600x0

तपाईको प्रतिक्रिया

trusted online casino malaysia