india-modi-varanasi-andolan1111
साधु सन्तको प्रतिकार यात्राका भएको हिंसक झडपले भारतीय प्रधामनमन्त्री नरेन्द्र मोदीको चुनाव क्षेत्र बाराणसीमा बबाल मच्चिएको छ ।सोमबार भएको झडपले हिंस्रक रूप लिएपछि पुलिसले वाराणसी शहरका चारवटा पुलिस स्टेशन अन्तर्गतका पूरै इलाकामा कर्फ्यू लगाइदिएको छ ।कर्फ्यू लगाइएका पुलिस स्टेशनमा कोतवाली, दशाश्वमेध, लक्सा र चौक रहेका छन् । गोदौलिया, गिर्जाघर, चौक, दशाश्‍वमेधघाट मार्ग, मदनपुर र बाँस फाटक जस्ता इलाकामा प्रहरी तैनाथ गरी मानिसलार्इ प्रवेशमा रोक लगाइएको छ ।पुलिसले शहरका मानिसलार्इ घरबाट निस्कन प्रतिबन्ध लगाएको छ । पुलिस र प्रदर्शनकारीबीच सोमबार रातिसम्म ढुंगामुढा र गोलीबारी गर्ने क्रम जारी छ ।यस क्रममा साधु सन्तसहित एक दर्जन बढी प्रहरी घाइते भएका छन् । भीडन्तको समाचार संकलनका क्रममा केही पत्रकार पन घाइते हुन पुगेका छन्।जुलुसका सहभागीहरू गोदौलिया पुग्नेवित्तिकै केही व्यक्तिहरूले पुलिसमाथि ढुंगा बर्साएपछि दंगा शुरू भएको हो । प्रदर्शनकारीले पुलिसको जीप र ४ वटा मोटरसाइकल पनि जलाइदिएका छन् ।प्रदर्शनले उग्ररूप लिएपछि पुलिसले लाठीचार्ज गरेको थियो । यस क्रममा भीड नियन्त्रण गर्न पुलिसले दिनभर अश्रु ग्यास रबरको गोली फायर गरेको थियो ।
भीडन्तपछि पुलिसले १२ जनाबढी प्रदर्शनकारीलार्इ नियन्त्रणमा लिएको छ ।

साभार: पुर्बेली न्युज

तपाईको प्रतिक्रिया

trusted online casino malaysia