gai-pooja

२६ कात्तिक, इनरुवा । तिहारको चौथो दिन गोवर्द्धन पूजा गरिंदैछ । आँगनमा लिपपोत गरी गाईको गोबरबाट पर्वत बनाई त्यसलाई गोवद्र्धन पर्वत मानेर पूजा गर्ने गरिन्छ । द्धापर युगमा श्रीकृष्णले गोवद्र्धन पर्वत उचाली गोकुलवासीलाई मुसलधारे वर्षाबाट बचाएको सम्झनामा गोवद्र्धन पर्वतको पूजा गर्ने प्रचलन शुरु भएको मानिन्छ ।

गाईलाई पवित्र मानी पूजा गर्ने चलन वैदिक सनातन कालदेखि कै हो । गाईको दूध आमाले खुवाएको दूध जत्तिकै पौष्टिक हुने भएकाले गाईलाई गौमाता पनि भनिन्छ ।स्थानीय जातका गाईमा हुने जुरोले सूर्य र चन्द्रमाबाट ऊर्जा लिई दूध, गहुँत र गोबरका माध्यमबाट मानिसमा शक्तिआजा दिने भएकाले गाईको महत्व भएको कुरा विज्ञानले पनि प्रमाणित गरेको छ । गाईको पूजा गरी आज मीठामीठा परिकार खान दिए गाईबाट पाइने शुद्धता सधैं प्राप्त हुने धार्मिक बिश्वास छ । यस्तै, वर्षभर जोतिएर मानव हितका लागि सेवा गर्ने गोरुलाई पनि आज पूजाआजा गरी मीठामीठा खानेकुरा खान दिने चलन छ । धेरै नागरिक कृषीमा संलग्न भएको देश भएकाले पनि नेपालमा गोरुको विशेष महत्व रहिआएको छ ।

 

तपाईको प्रतिक्रिया

trusted online casino malaysia