vai tika

२६ कात्तिक, काठमाडौं । नेपालीको दोस्रो ठूलो चाड तिहारको महत्वपूर्ण दिन भाइटीकामा टीका लगाउन साइत मध्याह्न ११ बजेर ५५ मीनेट जाँदा उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।कात्तिक २३ गते सोमबारदेखि सुरु भएको यमपञ्चकमा कात्तिक २३ गते काग तिहार र धन्वन्तरि जयन्ती तथा कात्तिक २४ गते मङ्गलबार नरक चतुर्दशी र कुकुर तिहार २५ गते गार्इ पूजा तथा लक्ष्मी पूजा परेको थियो ।लक्ष्मी पूजापछि घरघरमा देउसी भैलो खेल्ने क्रम अहिले जारी रहेको छ ।कात्तिक २७ गते भाइटीका लगाएपछि नेपालीको दोस्रो ठूलो पर्व तिहार सकिन्छ । ‘यसअघि कालबेला पर्ने भएकाले यस वर्ष मध्याह्न ११:५५ मा शुभ बेलाको साइत उत्तम हुन्छ, त्यसपछि दिनभर भाइटीका लगाउन सकिन्छ’ समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले भने ।

 

तपाईको प्रतिक्रिया

trusted online casino malaysia