chatha puja123

काठमाडौं, कार्तिक ३० । छठ पर्वको दोस्रो दिन आज खरना मनाइँदैछ । यस दिन गाईको गोबरले लितपोत गरी अरबा चामलको पिठोबाट तयार पारिएको झोलनले भूमि सजाएर ब्रतालुले दिनभरी निराहार ब्रत बस्ने गर्छन् र राती चन्द्रमालाई खीर चढाई सोही प्रसाद ग्रहण गर्छन् । छठको मूख्य दिन भोलि अस्ताउँदै गरेको सूर्यलाई अर्घ दिई गहुँ र चामलको पिठोबाट बनेको परिकार चढाउने गरिन्छ भने चौथो तथा अन्तिम दिन उदाउँदै गरेको सूर्य र षष्टी मातालाई अर्घ दिई छठ सम्पन्न गरिन्छ ।पारिवारिक सुख, शान्ति, कल्याण, रोगबाट मुक्ति तथा विभिन्न मनोकांक्षा पूरा होस् भन्ने उद्देश्यले सूर्यको उपासना गरी यो पर्व मनाउने गरिन्छ ।महाभारतकालमा द्रौपदीसहित पाण्डवहरुले अज्ञात बासमा रहँदा गुप्तबास सफल होस् भनी सूर्यदेवको आराधना गरेको र सोही समयदेखि छठ मनाउने परम्पराको थालनी भएको कथन छ ।छठको अवसरमा जनकपुरका गंगा सागर, धनुष सागर,बिराटनगर,इनरुवा,इटहरि,राजबिराज,कंचनपुर,लहान सहितका दर्जनौं पोखरी,नदि नाला र वीरगञ्जको घडीअर्वा पोखरीमा पूजा गर्न भक्तजनको विशेष भीड लाग्ने गर्दछ । काठमाडौंमा रानीपोखरी, कमलपोखरी, बाग्मती किनारलगायतका स्थानमा छठ मनाइन्छ ।छठ पर्वका लागि विभिन्न प्रसाद सामग्री खरिद गर्न तराईका बजारमा भीड लागेको छ । खासगरी छठमा अनिवार्य रुपमा चढाइने केरा, नरिवल र ऊखु किन्नका लागि पसलहरुमा ग्राहकको भीड देखिन्छ ।

 

तपाईको प्रतिक्रिया

trusted online casino malaysia