petrol

मंसिर ५ इनरुवा/ नाकाबन्दीसँगै सुनसरीमा इन्धनको तस्करी बढेको छ ।
दैनिक रुपमा भारतीय सिमावर्ती क्षेत्रबाट सुनसरीमा इन्धनको तस्करी हुने गरेको पाइएको छ ।
केही भारतीय नागरिक र सुनसरी सिमानाका आसपास घर भएकाहरुले दैनिक रुपमा साइकल र मोटरसाइकलको प्रयोग गरी पेट्रोल , डिजेल तस्कर गर्ने गरेका छन् ।

भारतीय बजारबाट तस्कर गरी भित्र्याइएको डिजल १२५ रुपैंया देखि २०० सम्म र पेट्रोल रु. १६० देखी २ सय ५० सम्ममा स्थानीय बजार लगायतका क्षेत्रमा खुलेआम बिक्री हुने गरेको छ ।

तस्करीको इन्धन प्रयोग गर्नेहरुमा पछिल्लो समय नीजि सवारी धनीको संख्या अत्याधिक देखिएको छ । पेट्रोल पम्पबाट सहज रुपमा आवश्यकता अनुरुपको इन्धन नपाएपछि तस्करीको इन्धन प्रयोग गर्नेहरुको जमात बढ्दो छ ।

तस्करी गर्ने कार्यमा भारतीय तस्करहरुले पारीबाट ग्यानेन तथा मोटरसाइकलको टेङकीमा भरेर ल्याएको इन्धन नेपाली सीमा क्षेत्रमा भण्डारण गर्रे गरेको बुझिएको छ । स्थानीय तस्करहरुले उक्त इन्धन आफु पायकका स्थानमा माग बमोजिम पुर्याउने गरेको जानकारहरु बताउँछन् ।

तस्करहरुले तेल उच्च मूल्यमा बेच्न इनरुवा ल्याउने गरेका छन् । बिहानचाहिँ एसएसबीले अलि कडाइ गर्छ, दिउँसो र बेलुका सजिलै लान सकिन्छ,’ कारोबजारीमा संलग्नहरु भन्छन् कमाउने बेला यही हो, जसरी पनि छिराउनै पर्छ ।

यतिखेर यो धन्दामा धेरैको आकर्षण बढेको छ । दिनमा एक जनाले दर्जनौं पटकसम्म भारतबाट तेल ल्याएर इनरुवामा बिक्री गर्ने गरेका छन् ।

सुनसरी जिल्लामा पेट्रोल प्रतिलिटर रु १५० देखि रु २०० सम्ममा बिक्री हुने गरेको छ । त्यही पेट्रोल काठमाडाँैं पुग्दा प्रतिलिटर रु ५०० सम्ममा बिक्री हुने गरेको घुस्कीका शमशेर आलम बताउँछन ।
सुनसरीको सिमा क्षेत्रको बाटो हुँदै आउने तेल रोक्ने स्थानीय दबाब बढेपछि प्रहरी प्रशासनले त्यसरी भित्रिएको इन्धनलाई अभाव टार्न भन्दै छाडी दिने गरेको कारण ठूलो मात्रामा राजस्वमा चुहावट हुँदै आएको छ ।
सुनसरीमा सहज अवस्थामा दैनिक ४५ हजार लिटर पेट्रोल र एक लाख ८० हजार लिटर डिजेल खपत हुने गरेको छ । इन्धन तस्करीमा सीमानाकामा रहेका शशस्त्र प्रहरीको समेत प्रत्यक्ष संलग्नता रहँदै आएको स्थानीयहरु बताउँछन् ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia