12272768_970035586377702_1108628678_n

मंसिर ६ इनरुवा/ आज विहानैबाट सुनसरी सदरमुकाम इनरुवामा मधेशी मोर्चाका कार्यकर्ताले प्रर्दशन गरिरहेका छन् ।
संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका कार्यकर्ताहरुले एका विहानैबाट इनरुवाका प्रमुख चोक तथा भित्रि सडक खण्डमा टायर बाली प्रर्दशन चर्काएका छन् ।
मोर्चाले इनरुवा बजार, जिविस रोड, इनरुवा बसपार्क, लौकही, दुहबी बजार लगायतका क्षेत्रमा प्रर्दशन गरिरहेका छन् ।

DSC01706
यसैविच बसचौकमा टायर बाली प्रर्दशन गरिरहेका मोर्चा कार्यकर्ताको वीचबाट ससस्त्र प्रहरीले सडकमा मोर्चाले बालेको टायर हटाएपछि आन्दोलनकारीले प्रहरी प्रशासन विरुद्ध नाराबाजी थालेका थिए । आफुहरुको शान्तिपूर्ण आन्दोलनमा प्रहरी ज्यादती र दमन बढेको भन्दै मोर्चाले सदरमुकाम लगायत आसपासका क्षेत्रमा आन्दोलनका कार्यक्रमलाई थप ससक्त पार्ने जनाएको छ । चाडबाड सँगै सामान्य अवस्थामा फर्केको इनरुवा बजार मोर्चा कार्यकर्ताहरुको प्रर्दशन सँगै आज विहानैबाट ठप्प छ ।
विहानी पख सामान्य खुलेका बजार पसल मोर्चा कार्यकर्ताले पूर्ण रुपमा बन्द गराएका छन् । उनिहरुले सिटी सफारी समेत संचालनमा रोक लगाएका छन् ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia