blood presure

कम रक्तचाप अर्थात् हाइपोटेन्सन, जसमा शरिरको रक्तप्रवाह निकै धीमा हुन्छ । लो ब्लड प्रेसरका कारण रिंगटा लाग्ने, बेहोस हुने, जिउ गल्ने, कमजोर हुने, आँखाले तिरिमिरी तथा धमिलो देख्ने, स्वास फेर्ने कठीन हुने जस्ता समस्या देखा पर्दछन् । स्वस्थ शरिरको रक्तचाप १२०/८० हुन्छ । जब रक्तचाप ९०/६० भन्दा कम हुन थाल्छ तब रक्तचाप खतराको स्तरतर्फ झरेको बुझ्नुपर्छ ।
रक्तचाप कम हुँदा त्यसले मस्तिष्क, मुटु तथा मृगौलामा असर पर्दछ र त्यो अन्ततः प्राणघातक पनि हुनसक्छ । रक्तचाप घट्नुका विभिन्न कारण हुनसक्छन् र त्यसका लागि चिकित्सकको परामर्श लिइहाल्नुपर्छ । तर केही दैनिक जीवनयापन तथा खानपानका विषय पनि छन् जसलाई अपनाएर तपाइँले आफ्नो सामान्य घटेको रक्तचापलाई बढाएर सन्तुलनमा ल्याउन सक्नुहुन्छ । ती हुन् :
नुनपानी पिउनुहोस् । अर्थात् नुनिलो खानेकुरा सामान्य भन्दा केही बढि खानुहोस् । नुनमा भएको सोडियमले रक्तचाप बढाउन सहयोग गर्छ । तर नुनको धेरै मात्रा भने सरीरका लागि हानिकारक हुने कुरा भुल्नुहुँदैन ।
कफीको सेवनले पनि रक्तचाप बढाउँछ । कफी, हट चकलेट वा क्याफाइन तत्वयुक्त चिजहरु खाँदा वा पिउँदा घटेको रक्तचाप सन्तुलनमा आउँछ । कम रक्तचापको समस्या छ भने विहान तथा दिउसो कफी पिउन नभुल्नुहोस् ।
तुलसीको पातको रस पनि रक्तचाप सन्तुलनमा निकै सहयोगी हुनसक्छ । तुलसीको पातमा भिटामिन सी, पोटासियम तथा प्यान्टोथेनिक एसिड पाइन्छ । यी सबै तत्वहरु रक्तचाप सन्तुलनमा सहयोगी हुन्छन् । त्यसैले नियमित रुपमा तुलसीका १०।१५ वटा पातको रस निकालेर त्यसमा एक चम्चा मह मिलाउनुहोस् अनि हरेक बिहान यसलाई सेवन गर्नुहोस्, तपाइँको घटेको रक्तचाप बढेर सन्तुलनमा आउनेछ ।
किसमिसको सेवन पनि हाइपोटेन्सनको उपचारको लागि लाभदायक छ । बेलुकी किसमिसलाई पानीमा भिजाउनुहोस् र अर्को बिहान खाली पेटमा त्यसलाई चपाएर खानुहोस् । त्यस्तै उक्त पानीलाई पनि छानेर खानुहोस् । यसले कम रक्तचापको समस्या न्युनिकरण हुन्छ ।
बदाम पिँधेर त्यसमा दुध मिलाएर नियमित रुपमा पिउँदा पनि रक्तचाप सन्तुलनमा सहयोग गर्दछ । बदामलाई रातभर पानीमा भिजाउनुहोस् । अर्को बिहान त्यसको बाहिरी पत्र हटाएर राम्रोसँग पिँध्नुहोस् र लेदो बनाउनुहोस् । अनि त्यसलाई दुधमा मिलाएर दिनहुँ बिहान खानुहोस्।
अदुवा : अदुवालाई टुक्राटुक्रा पारी काट्ने र त्यसमा नुन तथा कागतीको रस हालेर मोल्ने । त्यसपछि नुन र कागती मिसाएको अदुवालाई हावा नछिर्ने बट्टामा बन्द गरेर राख्ने । हरेक दिन खाना खानुभन्दा पहिले उक्त अदुवाका केही टुक्रा चपाउने हो भने कम ब्लड प्रेसरको समस्या विस्तारै हट्ददै जान्छ ।
गाजरको नियमित सेवन पनि रक्तचाप सन्तुलनमा सहयोगी हुन्छ । काजरलाई नियमित रुपमा सलादको रुपमा मात्र नभै यसको जुसमा मह मिलाएर एक महिनासम्म पिउने हो भने ब्लड प्रेसर ठीक ठाउँमा आउँदछ ।
कम रक्तचापको समस्या भएकाहरुको लागि खजुरको सेवन पनि निकै लाभदायी हुन्छ । खजुरको नियमित सेवले रक्तचाप बढाएर सन्तुलनमा ल्याउँछ ।
अनारको नियमित सेवन स्वास्थ्यका लागि निकै फाइदाजनक छ । यसले कम रक्तचापको समस्या पनि न्युनिकरण गर्दछ । अनार मात्र होइन स्याउ, केरा, खरभुजा जस्ता फलफूलहरु नियमित रुपमा खाने गर्नाले रक्तचाप स्वात्तै घट्ने समस्याबाट छुटकारा पाउन सकिन्छ ।अनलाइनखबर

तपाईको प्रतिक्रिया

trusted online casino malaysia