ambulanceमंसिर ८ इनरुवा
दुई दिन देखि असुरक्षा र इन्धन अभावको कारण देखाउँदै बन्द रहेका सुनसरी जिल्लाको एम्बुलेन्स सेवा आज साँझबाट संचालनमा आउने भएको छ ।एम्बुलेन्स चालक संघ सुनसरीका अध्यक्ष नारायण मण्डलका अनुसार धरान रेडक्रस सोसाइटीमा भएको बैठकमा विरामीहरुको समस्यालाई मानविय रुपमा लिंदै असुरक्षित स्थानमा भरसक सेवा संचालन नगर्ने र सुरक्षित स्थानमा सेवा संचालनमा ल्याउने गरी सहमति बनेपछि सेवा संचालनमा ल्याउन लागिएको बताए ।उनले असुरक्षित स्थानमा जानु परे प्रहरी प्रशासनको सहयोग र आन्दोलनकारीहरुको प्रतिवद्धता आएमात्र एम्बुलेन्स सेवा प्रदान गरिने बताए ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia