काठमाडौँ, २१ असोज  दक्षिण कोरिया जानका लागि लिइएको छैटौं इपिएस भाषा परीक्षामा आठ हजार ४९० जना परीक्षार्थी उत्तीर्ण भएका छन् ।नेपाल सरकार र कोरिया सरकारबीच भएको सम्झौताअनुसार नेपाली कामदारलाई रोजगारीका लागि कोरिया लैजान लिइने प्रारम्भिक भाषा परीक्षामा उत्पादनमूलक क्षेत्रतर्फ पाँच हजार आठ सय १७ र कृषि तथा पशुपालनतर्फ दुई हजार ६७३ जना परीक्षार्थी उत्तीर्ण भएको वैदेशिक रोजगार विभागअन्तर्गतको इपिएस कोरिया शाखाले जनाएको छ ।गत असोज २ र ३ गते भएको भाषा परीक्षामा ५२ हजार १३७ जनाले आवेदन भरेकामा ४३ हजार ४०६ जना परीक्षर्थीले परीक्षा दिएका थिए ।उत्तीर्ण भएका व्यक्तिहरुको विवरण इपिएस कोरिया शाखाको वेभसाइट http://epsnepal.gov.np मा राखिएको छ।

साभार : पुर्वेलि न्युज

तपाईको प्रतिक्रिया

trusted online casino malaysia