तेज बन / सुनसरी २१ असोज – नजिकिदै गएको हिन्दु नेपालीहरुको महान पर्व बिजया दशमी , शुभदिपावली तथा छैठ पर्वका लागि पूर्वाञ्चल क्षैत्रीय प्रसाशनले पूर्वाञ्चलको १६ वटै जिल्लामा रहेका प्रहरी प्रसाशन , शुरक्षा निकाय र अनुशन्धान बिभाग संगसंगै बिशेष गुप्तचरहरुलाई समेत हाइअलर्टमा रहन निर्देशन दिएको छ ।

नेपालीहरुको सबैभन्दा महत्वपुर्ण र ठुलो पर्वको रुपमा मानीने दशै तिहार जस्ता पर्वहरुमा कुनै अपराधिक गतिबिधीहरु हुन नदिन पूर्वाञ्चल क्षेत्रीय प्रसाशन कार्यालय धनकुटाले मातहतका सबै निकायलाई शुरक्षा स्थिती कडा पार्न निर्देशन दिएको हो । बिशेषगरी गोप्य शुचनाहरु संकलनमा खटिएका गुप्तचरहरुलाई चनाखो रहेर काम गर्न समेत निर्देशन दिएको छ ।

त्यसै गरी यो बर्ष शुरक्षाको दृष्टीकोणले पूर्वको तिन जिल्लालाई बिशेष प्राथमिकतामा राखीएको छ । पूर्वको सुनसरी , मोरङ्ग र झापालाई प्रसाशनले बिशेष प्राथमिकतामा राखी शुरक्षा स्थिती आवस्यक्ता अनुसार बढाउने तयारी गरेको छ । जुनसुकै समय र जतिबेला पनि यि तिन जिल्लाहरु बिभिन्न समुहको टार्गेटमा पर्न सक्ने भन्दै क्षेत्रीय प्रसाशन कार्यालय धनकुटाले आवस्यक्ता अनुसार शुरक्षाकर्मिहरु परिचालन गर्ने तयारी थालेको छ ।

चाडपर्वलाई लक्षीत गरी यि तिन जिल्लाहरुमा कुनै अपराधिक गतिबिधी हुन नदिन पहाडी भेगमा रहेका प्रहरीहरु समेत तराइका जिल्लाहरुमा झारीएको छ ।मुलुकमा

संबिधान जारी भइसकेपनि राजनीतिक र बिभिन्न अपराधिक समुहहरुले यिनै जिल्लाहरुलाई टार्गेट गरी उतपात मचाउने हुनाले यो वर्षको चाडबाडलाई लक्षित गरी पुर्व क्षेत्रमा बिशेष शुरक्षा योजना बनाउन लागिएको क्षेत्रीय प्रसाशन कार्यालय धनकुटाले जनाएको छ ।

चाडपर्वको समयमा अपराधिक समुहहरु पूर्व क्षेत्रमा सक्रिय रहने हुदा त्यसता गिरोह बिरुद्ध पूर्व क्षेत्रमा प्रहरी सर्तकता अपनाइएको पूर्वाञ्चल क्षेत्रीय प्रसाशक शुरेस आर्चायले बताउनुभयो ।त्यसै गरी पुर्वाञ्चलको १६ वटै जिल्लाहरुमा रहेका शुरक्षा निकायहरुलाई चाडबार्डको बेला चनाखो हुन क्षेत्रीय प्रसाशन कार्यालय धनकुटाले बिशेष निर्देशन दिइसकेको बताइएको छ । यो वर्ष पूर्वी पहाडी भेगका केही प्रहरीहरुलाई शुरक्षाको कारण देखाउदै प्रसाशन र गृहमन्त्रालयको निर्देशनमा तराइका जिल्लाहरुमा झारीएको छ ।

साभार : पुर्वेली न्युज

तपाईको प्रतिक्रिया

trusted online casino malaysia