लहान, २१ असोज / पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको अयोध्यानगर–३ कसहामा मोटरसाइकल दुर्घटनामा परी घाइते भएका एक व्यक्तिको आज उपचारका क्रममा मृत्यु भएको छ ।

को१५प १३०२ र स४प ६२१० नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किएर भएको दुर्घटनामा घाइते भएका सिरहाको गोलबजार नगरपालिका–७ निवासी दिनेश साहको विराटनगरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

गत सोमबार राति जितिया मेलाको नाच हेर्न गएका बेला कसहामा दुई वटा मोटरसाइकल एक आपसमा ठोकिएको थियो । सोही दुर्घटनामा परी गम्भीर घाइते भएका दुई जनाको भारतको विहारस्थित दरभङ्गामा उपचार भइरहेको इलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरीक्षक सन्तोष निरौलाले जानकारी दिनुभयो ।

साभार: पुर्वेली न्युज

तपाईको प्रतिक्रिया

trusted online casino malaysia