चर्को इन्धनको अभाव भोगिरहेका जनतालाई खपत कम गर्न र वैकल्पिक उपाय अपनाउन सम्बन्धित क्षेत्रका जानकारले सुझाएका छन् ।

रिपोर्टर्स क्लबले आज यहाँ आयोजना गरेको अन्तक्र्रियाका सहभागीले बिजुलीबाट खाना पकाउँदा सस्तो पर्ने र सङ्कटको समयमा तत्कालको वैकल्पिक उपाए भएको सुझाव दिएका हुन् ।

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राडा गोविन्दराज पोखरेलले सौर्य ऊर्जाको प्रयोग गर्ने र सकेसम्म ग्यासको प्रयोग कम गर्न सुझाव दिनुभयो । उहाँले भन्नुभयो, “बिजुलीबाट खाना पकाउने र विद्युतीय सवारीसाधनको प्रयोग गर्नुपर्छ, त्यसैगरी इन्धनमा इथानोल मिसाउनुपर्छ ।”

तत्कालका लागि सरकारले भारतबाट इन्धन आयातमा समस्या हुँदा चीन जाने र चीनबाट समस्या हुँदा अनेत्र जाने उपाय परिपक्क नभएको बताउँदै उहाँले कूटनीतिक उपायबाट समस्या समाधान गर्नुपर्ने धारणा राख्नु भयो ।

ऊर्जा अध्ययन केन्द्रका संयोजक प्राडा अमृतमान नकर्मीले पेट्रोलियम पदार्थमा भर पर्दा परनिर्भरता बढाएको उल्लेख गर्दै वैकल्पिक ऊर्जाका लागि सौर्य ऊर्जाको प्रयोग गर्नुपर्ने बताउनुभयो ।

त्यसैगरी नेपाल सौर्य विद्युत् उत्पादक सङ्घका अध्यक्ष दीपकबहादुर शाहीले सौर्य ऊर्जाको प्रयोग गरेर वर्तमान ऊर्जा सङ्कटको समाधान गर्नुपर्ने सुझाव दिनुभयो ।

ग्यास विक्रेता महासङ्घका महासचिव चन्द्र थापाले इन्धनको सङ्कट चरम भएकाले सरकारले समाधानको उपाय खोज्नुपर्नेमा जोड दिनुभयो ।

साभार :पुर्वेली न्युज

तपाईको प्रतिक्रिया

trusted online casino malaysia