चलचित्र “आधा पेज” अब प्रदर्शनको लागि तयार भएको छ । छिट्टै प्रदर्शनमा आउन लागेको चलचित्र “आधा पेज” ले आफ्नो प्रचार प्रसार भने सामाजिक संजाल फेसबुक मार्फत सुरु गरेको छ ।

aadha-page

समुन्द्र भट्टको निर्देशन रहेको चलचित्र “आधा पेज” ले आफ्नो फेसबुक पेजलाई  इन्भाइट गरेर सबै भन्दा बढी लाईक गराउने र सामाजिक संजालमा प्रचार प्रसार गर्ने सग देशको आठ सहरमा चलचित्रका मुख्य कलाकार सग डिनर र घुम्ने मौका दिइने छ ।काठमाडौ,पोखरा ,बुटवल , ,धनगढी,चितवन, हेटौडा,धरान,दमक देश आठ सहर बाट चलचित्रको पेजलाई  इन्भाइट गर्ने र फेसबुकमा प्रचार प्रसार गर्ने तिन /तिन जना सग चलचित्रको मुख्य कलाकार सलोन बस्नेत ,रिस्ता बस्नेत र  रुपेश न्यौपानेसग  डिनर र घुम्ने मौका दिइने छ ।परी फिल्मको प्रस्तुतिमा लीला बहादुर न्यौपाने र ज्ञान  बहादुर न्यौपानेले चलचित्रलाई निर्माण गरेका हुन्  ।

रमण गायक र रुपक न्यौपानेको शब्द तथा सगीत यस चलचित्रमा  रुपक न्यौपाने र रोशनी  रिमाल स्वर रहेको छ ।चलचित्रमा रामजी लामिछानेको नूत्य निर्देशन,इन्द्र लाल श्रेष्ठको छायांकन ,आकाश बुढाथोकीको कथा ,सन्तोष ढकालको सम्पादन रहेको छ ।चलचित्रमा सलोन ,रिस्ता ,रुपेशको अलावा बिपना बस्नेत , दीपक क्षेत्री ,सुरज आरडी,सन्तोष ढकाल,सारिका न्यौपाने, अशिम आरडीको पनि मुख्य अभिनय रहेको छ ।

साभार : पुर्वेली न्युज

तपाईको प्रतिक्रिया

trusted online casino malaysia