prehg

गर्भावस्थामा सम्भोग गर्ने कि नगर्ने भन्ने विषय अहिले पनि विवादास्पद छ । दसजनामध्ये कम्तीमा एक महिला बच्चा जन्माउनुअघि यौनसम्पर्क राख्दैनन् । यस्तो अवस्थामा केलाई सामान्य अवस्था र केलाई चिन्ताजनक अवस्था भन्ने ?
गर्भावस्थाले जीवनका धेरै गतिविधिमा प्रभाव पार्छ । एक अनुसन्धानका अनुसार गर्भ रहन गएको छ भन्ने थाहा भएपछि महिलाको यौनेच्छा कम हुन्छ । गर्भवती महिलाको यौन चाहना गर्भ नरहेको अवस्थामा भन्दा आधा कम हुन्छ । पहिलो तीन महिनासम्म त लगभग पाँचगुना कम हुने अनुसन्धानले देखाएको छ ।

हुनेवाला आमाहरु यौनसम्पर्क गर्न झन्झट मान्छन् । रात्रिकालमा हुनुपर्ने यौनआवेग पहिलेजस्तो हुँदैन ।

‘द बेबी डटकम’का सम्पादक क्याथराइन क्राउफोर्ड भन्छिन्, ‘गर्भ रह्यो भन्ने निश्चित भएपछि दम्पतीहरू यौनक्रियाकलापमा कमै सक्रिय हुन्छन् भन्ने कुरा कुनै आश्चर्य होइन ।’ उनले तीन हजार आमामा यो अनुसन्धान गरेकी हुन् ।
‘हुनेवाला आमाहरू यौनसम्पर्क गर्न झन्झट मान्छन्, ओछ्यानमा पल्टिनुअघि उनीहरूको दिमागमा यौनकै चिन्ता हुन्छ । र, रात्रिकालमा हुनुपर्ने यौनआवेग पहिलेजस्तो हुँदैन ।’

दसमध्ये चार गर्भवती महिलाले यौनक्रियाकलापको स्वाभाविक मुद्रामा आउन सम्भव नभएको बताएका थिए । तर, झिँजो नै मान्छन् भन्नेचाहिँ होइन । दसमध्ये एक गर्भवती महिलाले भने गर्भावस्थाको नौ महिनासम्म यौनसम्पर्क नै नराखेको बताए ।
गर्भवती महिलालाई सहयोग र प्रोत्साहनको आवश्यकता हुन्छ । उनीहरू नयाँ ढंगको निकटता चाहन्छन् । ‘गर्भवती महिला अरूले झिंगलेको मन पराउँदैनन्,’ लेखक राचेल फौक्स भन्छन् । उनी ‘दि न्यू मम्स गाइड टु सेक्स’का लेखक हुन् ।
‘नौ महिनासम्म यौनक्रियाकलापबाट टाढिँदा, शारीरिक निकटताबाटै टाढिन पुग्यो भने त्यसले नराम्रो परिणाम पनि ल्याउन सक्छ । तर, यौनसम्पर्क नगरीकन पनि दम्पतीहरू नजिक हुन सक्ने धेरै तरिका छन् ।’

‘एक-अर्कासँग कुरा गर्ने समय निकाल्नुहोस् । यौनका बारेमा मात्र कुरा नगर्नुहोस् । जीवनका सबै पक्षबारे चर्चा गर्नुहोस् । विशेष गरेर अभिभावक बन्दै छु भन्ने आफ्नो चिन्ताबारे कुरा गर्नुहोस्,’ यौन प्रशिक्षक डा.पेट्रा वोइन्टन थप्छन्, ‘तपाईं आफ्नो शरीरलाई सुन्नुहोस् र आफूलाई लागेको कुरा गर्न शरीरलाई बाध्य नपार्नुहोस् ।’

‘गर्भवती भएको पहिलो तीन महिनामा महिलाहरू थकित र बिरामी भएको महसुस गर्छन् । १२ हप्तापछि भने उनीहरूमा कामुकता बढ्नुका साथै आनन्द महसुस गर्छन् ।’
डा. पेट्राका अनुसार गर्भावस्थाको पहिलो तीन महिना र त्यसपछिको अवस्थामा यौनचाहना धेरै वा कम छ भन्ने कुराले खासै सरोकार राख्दैन । ‘आफूलाई यौनचाहना भयो भने सोध्न सक्नुहुन्छ,’ उनी भन्छन्, ‘धेरै मानिस स्वाभाविक रूपमा जन्मबारेमा चासो राख्छन्, अझ पिता बन्दै छु भन्ने तनावले उनीहरूको वास्तविक यौनचाहनालाई दबाउँछ । ‘

तर, यसको अर्थ मौनतामा मान्छेले सोच्दैन भन्ने होइन । गलत कुरा भनेर जोखिम लिनुभन्दा मनमनै संघर्ष गरिरहेका हुन्छन् पुरुषहरू । इमानदार भएर आपसमा सोचाइ साटासाट गर्नु
राम्रो हुन्छ ।

गर्भावस्थामा महिलाले मात्र यौनचाहना गुमाउने नभई पुरुषले पनि श्रीमतीसँग यौनसम्पर्क राख्ने विषयमा बढी चासो नराख्ने गरेको अनुसन्धानले देखाएको छ । २६ प्रतिशत पुरुषले त श्रीमती गर्भवती हुँदा यौनसम्पर्क रोक्न चाहेको बताएका थिए ।
‘धेरैजसो मानिस गर्भको बच्चा सुरक्षित होस् भन्ने चाहन्छन् । र, यौनसम्पर्कको समयमा बच्चालाई चोट नपुगोस् भनेर सतर्क रहने गरेको यौन-सम्बन्धका विशेषज्ञ डा. पाम स्पुरले बताए । उनी ‘सिज्लिङ सेक्स’का लेखक पनि हुन् ।

‘तपाईंलाई यौनचाहना भयो भने यौनसम्पर्क राख्दा हुन्छ, गर्भावस्थाका कारण अप्ठ्यारो हुन्छ भन्ने कुरा दिमागबाट हटाइदिनुहोस्,’ स्पुरले भने ।
एक चौथाइ मानिस यौनसम्पर्कको वेला त्यहाँ बच्चा छ भन्ने सोच्छन् र यौनसम्पर्क नै बीचमै छाड्छन् । ‘गर्भावस्थामा सम्भोग गर्दा मानिस नर्भस हुन सक्छन् । सम्भोगको समयमा बच्चाले के भइरहेको भन्ने थाहा पाउँदैन भन्ने विश्वास दिलाउनुहोस्,’
पेट्रा भन्छिन् ।

तर, यदि तपाईंलाई बच्चा नजन्मिएसम्म पूर्णरूपमा यौनसम्पर्क नगर्नू भनिएको छ भने त्यसै गर्नुहोस् । तर, यौनसम्पर्क नगरीकनै पनि तपाईं घनिष्ट हुन सक्नुहुन्छ । ‘म त्यस्ता दम्पतीलाई सम्भोग गर्नुभन्दा यौनोत्तेजक कुराहरू गरेर आनन्द लिन सुझाव दिन्छु,’
पाम भन्छन् ।

सामान्यतः दम्पतीहरू बच्चा जन्मिएको ६ हप्तापछि सम्भोग गर्न सुरु गर्छन् । तर, हरेक तीनमध्ये एक महिलाले उनीहरूको पुरुषले लामो समय कुर्नुपरेको गुनासो गरेको बताए । र, नयाँ अभिभावकले पहिलेभन्दा बढी यौनसम्पर्क नगर्ने गरेको
जानकारी दिए ।

‘यदि तपाईंहरू दुवैजना सम्भोग गर्न चाहनुहुन्छ भने सधैं कसरी सहज हुन्छ भन्ने हेर्नुहोस,’ पेट्रा सुझाव दिन्छिन्, ‘यदि तपाइं थाक्नुभएको छ भने राति छिट्टै सम्भोग गर्नुस् वा बच्चा निदाएको छ भने दिउँसो सम्भोग गर्नुस् ।’
घाउमा टाँका लगाएपछि वा जटिलता आएपछि महिला सम्भोग गर्न डराउन सक्छन् । ‘तपाइं तयार नभई यौनसम्पर्क नगर्नुहोस् । तपाईं मानसिक, शारीरिक र भावनात्मक रूपमा स्वस्थ हुनु आवश्यक हुन्छ,’ रचेल भन्छन् । उनका ग्राहकका अनुसार गर्भावस्थाको प्रथम ६ महिनादेखि नौ महिनासम्म दम्पतीले दुई हप्तामा एकपटक वा त्योभन्दा पनि कम यौनसम्बन्ध राख्छन् ।

बच्चा जन्मिसकेपछि आफ्नो यौनजीवनलाई पहिलेकै अवस्थामा ल्याउन एक वर्षजति लाग्ने रचेल बताउँछन् ।
‘यस्तो अवस्थामा नयाँ बच्चाले सबै समय लिने भएकाले भर्खर बाबु भएका पुरुषलाई एक्लो अनुभव हुन सक्छ । त्यसैले महिलाहरूले नयाँ बाबुसँग कुराकानी गर्नुपर्छ । उसका दिनहरू कसरी बिते ? सोध्नुपर्छ । तपाईं दुईजना भिन्नभिन्न कोठामा सुत्नुहुन्छ भने एक-अर्कालाई चुम्बन गर्नुहोस् वा अंगालो मार्नुहोस्,’ रचेल भन्छन् ।

‘छिटो सुत्नुभन्दा दुईजनाका लागि रोमान्टिक वातावरणको सिर्जना गर्नुस्, मैनबत्ती बाल्नुहोस् वा मधुर संगीत बजाउनुहोस् । नयाँ लुगा लगाउनुस् । यसले तपाइर्ंलाई पुनः यौवन-
अवस्थामा लैजान्छ ।’

‘दि रोमान्टिक लभर एन्ड दि एड्भेन्चरस लभर’ पुस्तककी लेखिका सुसान क्विलियम भन्छिन्, ‘दुवै अभिभावकको जीवनमा बाबुआमा बनेपछि ठूलो परिवर्तन आउँछ । यसले दम्पतीको यौनलगायत जीवनका अन्य पक्षमा प्रभाव पार्छ ।’

साभार : पुर्वेली न्युज

तपाईको प्रतिक्रिया

trusted online casino malaysia