संखुवासभा/ गाउँघरमा अहिले चुनावी चर्चा उत्कर्षमा पुगेको छ । चोक तथा घरमा हुने भेटघाटमा चुनाव तथा गाउँबाट उम्मेद्वार को बन्दैछ भन्ने चर्चाले बढी स्थान पाउने गरेको छ । प्रदेश सभा र प्रतिनिधि सभाको अगामी मंसिर १० गते हुन लागेको निर्बाचन को प्रचार प्रसार तिब्र भइरहेको छ । मुलुकभर निर्बाचनको माहोल बढि रहेको बेला पुर्बी जिल्ला संखुवासभामा पनि निर्बाचनको चहल पहल बढेको छ । यस जिल्लामा लोकतान्त्रिक पक्षधर मानिएको नेपाली कांग्रेस र बाम गठबन्धन बिच कडा प्रतिस्पर्धा हुने देखिएको छ । स्थानिय तह निर्बाचनको मतलाइ आधार मान्ने हो भने बाम गठबन्धन भन्दा नेपाली कांग्रेस झण्डै ८ हजारको हाराहरिमा मत कम देखिएको छ । यति बेला बिभिन्न राजनितिक दलहरु मतदाताको घर(घरमा आ(आफ्नो चुनाबी घोषणा पत्र लिएर मत माग्न पुगेका छन् ।

यसरी चुनाबी माहोल तातिरहेका बेला एक जना जुझारु युवा नेताको चर्चाले उत्तिकै चर्चाको शिखर चुमेको छ । संखुवासभाको उत्तरी भु(भाग भोटखोला भोटेखोला गाउपालीकामा वडा नम्बर २ मा जन्मेर बिभिन्न सामाजिक सेवामा आबद्ध हुदै नेपाली राजनीतिमा प्रबेश गर्नु भएका मिथुन भोटे अहिलेको युवा प्रतिनिधिको रुपमा कहलिएका हुन । प्रभाबशाली नेपाली राजनीतिक दल नेकपा एमालेको भातृ संगठन युवासंघ नेपाल संखुवासभाका जिल्ला सदस्य समेत रहनु भएका भोटे आगामी मंसिर १० गतेका दिन हुन लागेको कथित प्रदेश तथा प्रतिनिधि सभाको निर्बाचनका लागी बाम गठबन्धनका तर्फबाट संखुवासभा क्षेत्र न. १ को युवा परिचालन समितीका संयोजकमा समेत सर्बसहमत छानिनु भएको छ ।

जीवनका थुप्रै आरोह अवरोह, बाधाअबरोध, लोभ लालचाले उहाँलाई झुकाउन वा गाल्न सकेन । दङाली क्रान्तिकारी शहीद एवं कवि नेत्रलाल अभागीका कविताका हरफ ‘हावा हुरी नचलेको बेला र वातावरण शान्त भएको बेला एउटा नर्कट पनि ठिङ्ग उभिन सक्छ । हावाहुरी चलेको बेला र वातावरण अशान्त रहेको बेला एउटा सतिसाल मात्र ठिङ्ग उभिन सक्छ’ भनेझंै मिथुन भोटे हावाहुरी चलेको बेला र वातावरण अशान्त रहेको बेला पनि सतिसालझै ठिङ्ग उभिनुभयो । युवाले बुलेट चलाउने मात्रै होइन, ब्यालेटमार्फत पनि क्रान्ति गर्न सक्छन् भन्ने मान्यतालाई आत्मसात् गर्दै उहाँ नेकपा एमालेको राजनितीमा सक्रिय हुनुहुन्छ ।

सच्चा,इमान्दार, कर्मठ,निडर तथा दुरदर्शी स्वाभाबका उनि राम्रो राजनीतिक छबि भएका युवानेतामा पर्छन । राजनीति जुगादारी फुलेर मात्र गर्नु पर्छ भन्ने नेपाली राजनीतिमा रहेको परम्परागत सोचका बिरोधि उनी राजनीति देश निर्माणको एक अंग भएकाले युवा अवस्थामा जोस,जागर,तथा सृजनशिलता हुनका साथै स्वास्थ्य संमृद्ध नेपाल निर्माणमा युवाले मात्र राष्ट्लाइ निकास दिन सक्छ भन्ने उहाको भनाइ रहेको छ ।

यस्तै आदर्शवान् बिचारका धनि भोटेको देश भरिका लाखौ युवाहरुको समर्थन रहेको छ । युवाहरु देशको मेरुदण्ड मान्नु पर्ने , लाखौ संख्यामा रोजगारीका लागी बिदेशिएका प्रबासी युबाहरुको श्रम देश बिकाशमा खर्चिनु पर्ने आवाज पटक पटक उठाउदै आउनु भएका उनि अहिले चुनाबि प्रचार प्रसारमा ब्यास्त छन् । युवा बर्गको राम्रो परिचालन गर्ने क्षमता भएका उनले अन्य बिपक्षी राजनितिक दलहरुबाट हजारौ संख्यामा युवाहरु समेत बाम गठबन्धनमा प्रबेश गराएका छन् ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia